धरान / देश भरी परेको अविरल बर्षाले कृषकको पाकेको धानबालीमा क्षति गरेको छ । हिजोदेखि परेको पानीले कृषकले काटेर खेतमा राखेको धान तथा पाकेको धानमा क्षति पु¥याएको छ । पानी अझै रोकिएको छैन् ।
झापादेखि कञ्चनपुरसम्मका जिल्लामा लगाएको धानबालीमा नष्ट गरेको छ । पाकेको धानमा पानीले क्षति गरे पछि आगामी बर्ष चापल अभाव हुने कृषकहरुले बताएका छन् । धान चापलको भाउसमेत आकासिने छ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर सामान्य देखि पूर्ण बदली रहने जनाएको ५ । प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको थियो । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यो बर्षा कात्तिक ४ गतेसम्म जारी रहने विभागले आज विज्ञप्ति जारी गरि जनाएको छ ।

246298303_176897344609397_2255302340117661156_n 247292878_385707666606122_5679401021555170583_n 246147732_303491737931965_8237807343997556411_n 246278679_2089978554483395_1255607491768878271_n 246059309_4409355185778781_7981945528058683014_n 247021123_574071790488824_7136509018140438586_n 246786609_290194329632951_348769718438274849_n 246276481_429330131939578_2435193941900525107_n