धरान / धरानस्थित कृषी उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गदैं आएको पशु हाटबाट यो बर्षको दर्शैमा रु.७ करोड बरावरको खसी बोका कारोवार भएको छ ।
कोरोना महामारीका कारण धरानको पशु हाट गत असोज महिनामा मात्र खुलेको थियो । असोज भरी ७ हजार र दशैमा मात्र ३ हजार खसी बोका विक्रि वितरण गर्दा ७ करोडको कारोवार भएको कृषी उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।
समितिका व्यवस्थापक लक्ष्मण भटट्राईका अनुसार दशै अगाडीका दुई हप्तामा दुई करोडको खसी बोका कारोवार भएको थियो । दशैको मुखमा ५ करोडको कारोवार भएको छ ।
धरानमा कोशी करिडर र मेची करिडरका जिल्लाबाट खसी बोकाहरु विक्रिका लागि कृषकहरुले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनु भयो । उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसी बोका विक्रिका लागि आउने गरेका छन् ।
धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । कृषकले विहीबार नै खसी बोका ल्याउने गरेका छन् । शुक्रबार हाटमा विक्रि वितरण गरिदैं आएको छ । ‘पछिल्लो समय कृषी फार्महरुमा बाख्रापाल्नेहरुको संख्या बढेसँगै खसी बोकाको उत्पादन पनि बढेको देखियो । कृषकहरुले यो बर्ष दैनिकजसो बिक्रिका लागि खसी बोका ल्याएका छन् ।’– व्यवस्थापक भट्टराईले भन्नु भयो ।
तस्विर: लक्ष्मण भट्टराई

khasi bazar