धरान / धरान उपमहानगरपालिकाले कृषकलाई मिनी ट्रिलर वितरण गरेको छ । मङ्गलबार उपमहानगरपालिका परिसारमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित रहेको कोकाहा बहुउद्देश्यीय कृषि समूहका कृषकलाई दुई थान मिनी ट्रिलर हस्तान्तरण गर्नु भएको हो ।

कृषकलाई मेशिन हस्तान्तरण गर्दै मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदारीमा किसानहरुलाई विभिन्न योजनाहरु हस्तान्तरण गरिरहेको बताउनुभयो । विष्णुपादुकामा चक्लाबन्दी कार्यक्रमले खेतको गराहरु सा–सानो गरा भएको र एक हल गोरु पनि नअट्ने भएकाले मेसिन आवश्यक परेको बताउनु भयो । मेयर राईले केन्द्र, प्रदेश र उपमहानगरपालिकाको अनुदानको मात्रै भरपर्न नहुने भन्दै किसानले आफै पनि लगानी गर्नुपर्ने बताउनुभयो ।
‘धरान उपमहानगरपालिकाले स्थानीय भड्डु धानलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । आफु खाने मात्र हैन, बेच्ने गरि उत्पादन गरिनुपर्छ । मेशिनको सही सदुपयोग गरेर व्यवसायिक खेतितिर अगाडी बढ्नु पर्छ ।’– मेयर राईले भन्नु भयो–‘त्यसका लागि स्थानीय तहको कृषकलाई सहयोग हुन्छ ।’

कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले उपमहानगरपालिकामा संघीय सरकारको शसर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत कृषकलाई खेत जोत्ने मेशिन उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारबाट शसर्त अनुदान भनेर २० लाख रुपैया बजेट आएको छ । राष्ट्रिय महत्वको बाली धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । दुई थान खेत जोत्ने मिशिन २ लाख रुपैयाँमा खरिद गरेर कोकाहा बहुउद्देश्यीय कृषि समूहलाई हस्तान्तरण उहाँले बताउनुभयो । उक्त समूहमा १६ जना कृषक आवद्ध हुनुहुन्छ । लाभान्वित घर परिवार संख्या ४० रहेको छ । विष्णुपादुकाको २० हेक्टर जमिनमा भड्डु धान रोप्ने गरिएको कृषि समूहका अध्यक्ष मचिन्द्र राईले जानकारी दिनुभयो । ‘रैथानेबालीलाई संरक्षण गर्न किसानहरु लगायत उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन भईरहेको छ,’ उहाँले भन्नुभयो ।
कृषि समूहका अध्यक्ष राईले उपमहानगरपालिकाको कृषि शाखाले धान पकेटको लागि खेत जोत्ने मेशिन मिनि ट्रिलरल परम्परागत खेतीपातीलाई विस्थापित गरेको बताउनु भयो ।
ंफोटोः धरान–२० नं. वडाका कृषकहरुलाई खेत जोत्ने मिनी टे«लर वितरण गदैं धरान उपमहानगरपालिकाका मेयर तिलक राई ।तस्विरः देवेन्द्र कार्की÷रासस, धरान