बिषय प्रवेश:
नेकपा (एमाले)-माओवादी(केन्द्र)एकीकरण देखि विघटनसम्म तथा समाजवादी पार्टी-राजपा एकीकरण देखि बिघटनसम्म सम्पुर्ण देशी दलालपुजीवाद-बिदेशी शक्ति केन्द्रको हात रहयो।
चाहेर पनि एकता हुने सम्भवना कम छ:
ती शक्तीहरु सबै पार्ट्री फुटाउने पक्षमा रहेको विश्लेषण गर्न सकिन्छ।परिस्थीती नफेरीए चाहेर पनि ओली,नेपाल,खनाल
ले एमाले एकता गराउन सक्ने सम्भवना कम छ,भने उपेन्द्र यादव-महन्त ठाकुर पनि एकता हुने सम्भवना कम छ।काङग्रेसमा पनि गुट सङ्घर्ष कायम छ।तर यतीसारो चही भएको छैन।त्यसभित्र पनि ध्वाजा भने फाटेको छ।
वामदेव किन प्रधानमन्त्री हुदैनन?
गौतम २०५४ सालमा महाकाली सन्धीको बिपक्षमा उभिएका थिए।एमाले-माले फुटेपछी भारतले अतिक्रमण गरेको भुमिमा नेपालका युवा,बिधार्थीहरुले मार्चपास नै गरेका थिए।एमाले -माले फुट्नुको दुईकारण (१)महाकाली सन्धी (२)उपमहा-
सचिवबाट हटाईनु।एकता भएर पुन:एमाले त भयो तर वामदेवलाई चुनाव हाराईनुमा बाहिरा कारण जे भएपनि केही नेतालाई भारतको दलाल गर्नु थियो गौतमलाई हराएर।राष्ट्रवादी भएकैले बिपिले उपेक्षा सहनु पर्यो।मदन भन्डारीले मृत्युवरण गर्नु पर्यो।तर जनताले राष्ट्रवादी गौतमलाई माले हुदा पनि जिताएनन। पार्ट्रीका (१)व्याक्ती ढोङ्गी(२)आर्थिक लोभी(३) लम्पट कार्यकर्ताको कारण गौतमलाई नै गाली गरे।तर जो राष्ट्रवादको पक्षमा थिए।अहिले पनि कहिले प्रधानमन्त्री भएको पाईएन।कारण राष्ट्रवादी भएकैले भारतलाई गौतम मन नपर्ने नेताको सुचीमा पर्दछ्न।त्यसकारण गौतम यहि अडानमा रहि रहे कहिले प्रधानमन्त्री हुनेवाला छैनन।
कम्युनिष्ट पार्टी र राजावादीको मोर्चा:
कम्युनिष्ट पार्टी उदेश्य राजालाई मान्ने परम्परा होइन।मदन भण्डारीले तत्कालिन समयमा राज दरवारप्रतिको दृष्ट्रीकोण राख्दा भनेका छ्न।"राजालाई मान्नु हाम्रो बाध्यता हो।तर यो थाहा पाए हुन्छ राजलाई मान्ने हाम्रो परम्परा होईन।यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही हुनेवाला छैन।"तर मार्क्सवादी-लेनिनवादी पार्ट्रीमा परिवर्तनकारी शक्तीहरु भन्दा हिन्दु राजतन्त्र- राजावादी पार्ट्रीसङ्ग र भारतको हिन्दु स्वम सेवक सङघ सङ्ग निकै मिलेको देखिन्छ।(हेर्नुहोस:बाबुराम भट्टाराई १७ जेठ २०७८:अन्लाईन खवर डट कम)।स्मरण रहोस एक निर्वाचनमा कमल थापाहरुलाई संसदमा २४ सिट दिलाउने काम पनि भएको थियो।तत्कालिन समयमा सेना राखेर निर्वाचन गरिएको थियो।सेना राखेर मतपेटिका कब्जा गरियो।
हराउने र जिताउने आगाडी नै निश्चित हुने:
माथीकै आधारमा चुनावमा जिताईने र हाराईनेको पहिले नै निश्चित गरिदिनेछ।चुनाव गराएको नाटक भने मन्चन हुने नै छ।मतपेटिका सेनाको हातमा कब्जा गरिनेछ।यो भन्दा आगाडीको एक निर्वाचनमा पनि त्यही गरिएको थियो।अर्थात नितिगत, सस्थागत,प्रकृयागत र सरचनागत धादली हुनेछ।
संविधान समाप्त हुने:
सम्पुर्ण कदमहरु अभ्यास गर्ने क्रममा नया खिलाराज रेग्मिको अभ्यास हुने छ।स्थिती बिग्रीएपछि संविधान काम नलागने तहमा पुर्याउने छ।त्यसपछि नया संविधानको कोर्समा धकेलिने छ।सङघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान समाप्त पार्ने छ्न।उपलब्धीलाई नै समाप्त गर्ने तर्फ लाग्ने छ्न।देशका रोमान्च वादी/मुक्तीवादीहरु हास्ने छ्न।तिनिहरु फेरि केही समय अहिस आरामको जीवन बिताउने छ्न।
संविधानमाथी भारतको असहमती:
नेपालको राजनितिकमा यो संविधानलाई भारतले नचाहदा नचाहदै पनि जारी गरिएको थियो।संविधानमाथीको आक्रमण वास्तवमा प्रधानमन्त्रीले गर्नु भएको छैन।तर प्रधानमन्त्रीलाई कुनै शक्तीबाट गराईदिएको हो।(सुदर्शन खवर 31may घनश्याम भुसाल हेर्नुहोस) यसबाट प्रष्ट हुन्छ कि,प्रधानमन्त्री लाई देशका राजावादी तथा अन्तराष्ट्रीय शक्तीले पात्रको रुपमा उभाएको छ।
निष्कर्षमा:
उदेश्य नै जब पार्ट्रीहरु फुटाउने,फुटाउनको लागि आफ्नै कुनै बेलाका नेतालाई पेलाउने,आफ्नै सहकर्मीमाथी कार्वाही गराउने,वा कुनै बेलाको नेतालाई पेलेपछी पार्टीफुटाउने र फुटेको पार्टीले सहयोग नगर्ने भएपछि एक्लिदै गएपछी राजावादी र महन्त ठाकुरसङ्ग चुनावी मोर्चा गर्नु पर्ने स्थिती आउने आकल गरेर नै यो स्थिती ग्राईनडिजायनमा पहिले नै बनेको हो।वाह्य शक्ति केन्द्र राष्ट्रहरुकै कारण यस्तो स्थिती आएको बिश्लेशन गर्न सकिन्छ।