धरानवासीले  सरकारी निर्णयको प्रति जलाए: चरणबद्ध अान्दाेलनकाे घाेषणा                                            
                    
                    
                            
                        
                            -  माघ ४, २०७४
 
                            -  ५३९ पटक पढिएको
 
                                                    
                     
                    
                    
                                                                                                                    
                    
                                                                                                                                                            
                    
                                                                                                                    
                    
                                                                                                                                                                        धरान / प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि सोको विरोधमा धरानमा त्यससम्बन्धि सरकारी निर्णयको प्रति जलाइएको छ । १ नम्बर प्रदेशको राजधानी विराटनगर उपयुक्त नरहेको भन्दै १ नम्बर प्रदेशको राजधानी धरान बनाऔं अभियान स्वतन्त्र समितिले बुधबार धरानको भानु चौकमा निर्णयको प्रति जलाएको हो ।
भौगोलिक र सामुदायिक हिसाबले सरकारको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै प्रदेश नम्बर १ को राजधानी धरान उपयुक्त भएकाले स्थायी राजधानी धरानलाई नै बनाउनुपर्ने भन्दै समितिले चरणबद्ध आन्दोलनको पनि घोषणा गरेको छ । समितिको विगत एक महिनादेखि धरानलाई राजधानी बनाउनका लागि दबाबस्वरूप जारी रहेको अनसनलाई स्थगित गर्दै नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार अनसनका क्रममा संकलन गरिएको हस्ताक्षर कालो कपडामा प्रधानमन्त्रीको कार्यालयमा पठाउने, राजनीतिक दलहरूसँग धरानको उपयुक्तताको विषयमा अन्तरक्रिया गरी भिडियो तयार गर्ने तथा आवश्यकताअनुसार कडा दबाबमूलक कार्यक्रम अघि सार्ने योजना रहेको  स्वतन्त्र समितिका सहसंयाेजक हिमाल लिम्बुले जानकारी दिए ।