धरान / बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड १९ अस्पतालको सेवा तथा पूर्वाधारबारे व्यापक जनगुनासो आए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा राजनीतिक दलहरु पुगेर जानकारी लिनु भएको छ ।

धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर राईको पहलमा सर्वदलीय टोलीले कोभिड अस्पतालले दिइरहेको सेवा र गर्नुपर्ने सुधारको बारेमा प्रतिष्ठानका पदाधिकारीहरुबाट जानकारी लिएको हो ।
मेयर राईले प्रतिष्ठानको कोभिड अस्पतालको अवस्था र तयारीबारे पदाधिकारीसँग प्रश्न गर्नु भएको थियो । अकिसजनसहितको बेडको अवस्थाबारे जानकारी लिइएको थियो ।

विभिन्न पालिकाका प्रमुख र सर्वसाधारणहरुले पनि प्रतिष्ठानको कोभिड अस्पतालको सेवाप्रति आशंकाहरु व्यक्त गरिरहेको बारेमा पनि पदाधिकारीहरुको ध्यानाकर्षण गराइएको मेयर राईले जानकारी दिनु भयो ।

‘गत बर्षको भन्दा अहिले धेरै अनुभव हासिल भइसकेको र तयारी अवस्थामा रहेको प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले बताउनु भएको थियो । १० आइसियु बेड ७० वटा बेडमा अक्सिजन जठडान गरिएको उहाँले जानकारी गराउनु भएको थियो । विरामीको चाप बढी भएकाले थेग्न गाह्रो भएको दलका प्रतिनिधीहरुलाई प्रतिष्ठानले अवगत गराएको थियो ।

प्रतिष्ठान शिक्षालय पनि भएका कारण कोभिड अस्पताल मात्र सञ्चालन गर्न नसकिने पदाधिकारीहरुले जनाउनु भएको थियो । प्रतिष्ठानका श्रोत साान, परिचालन र यस दिइरहेको सेवा सुविधाबारे जानकारी दिइएको छलफलमा सहभागी नेकपा एमाले माधव पक्षका उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
विरामममममीको उपचामा जिम्मेवार बन्न पदाधिकारीहरुलाई सुझाव दिइएको उहाँले बताउनु भयो ।
छलफलमा उपकुलपति गिरी, शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्राडा गौरीशंकर साह, मेयर राई, नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज चोत्लुङ, नेकपा एमाले केपी पक्षका नगर अध्यक्ष हर्कजंङ एभेङ, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, जसपा नगर अध्यक्ष ताजुब लिम्बू ,संघीय लिम्बुवान मच्चका नगर अध्यक्ष सन्जहाङ साबा, धरान १७ नं वडा अध्यक्ष मनोज भट्टराई , १८ नं वडा अध्यक्ष प्रविण राई, १९ नं वडा अध्यक्ष पुर्ण लिम्बूलगायतकाे उपस्थिति रहेको थियो । रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीको भने उपस्थिति थिएन ।
मङ्गलबार विहान मात्र विभिन्न अनलाइनहरुमा प्रतिष्ठानको कोभिड अस्पतालबारे समाचार आएको थियो । अस्पताल निर्देशक साह र उपकुलपति गिरीले चासो नदिदा कोभिड अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो आएको थियो । स्थानीय तह, प्रदेश सरकारसँ समन्वयको अभावमा व्यवस्थित सेवा हुन नसके पछि मेयर राईले आफै समन्वय गरेर प्रतिष्ठान पदाधिकारीसँग छलफल गर्नु भएको हो ।bp