धरान / कोभिड– १९ को दोश्रो चरणमा कोभिडका विरामी बढ्दें गए पछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि गम्भीर प्रकृतिका विमारी बढेका छन् । पछिल्लो समय मङ्लबारसम्म १० जना प्रतिष्ठानमा उपचार गराई रहे्का सङ्क्रमितको मृत्यु भएको प्रतिष्ठानको कोभिड अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरी शंकर साहका अनुसार हाल ८ जना आइसियु वेड, २२ जना एचडियु (हाई डिपेण्डेन्सी युनिट) वेड र १५ जना साधारण वेडमा उपचार गराइरहेका छन् । प्रतिष्ठनमा जम्मा १५ वटा आइसियु वेड रहेको छ । आइसियु बेडमा भेण्टिलेटरसहितको सूविधा रहेको छ । एचडियु वेडमा अक्सिजन जडान गरिएको छ । अक्जिजन पाइलाइनबाट जडान गरे पनि पाइपबाट अक्सिजन प्रवाह भएको छैन् । प्रतिष्ठानले थप सिलिण्डर किनेर सेवा दिइरहेको छ । एक सय बेड क्षमता भएको प्रतिष्ठानमा पछिल्लो समय विरामीको चाप बढेको प्रतिष्ठानले जनाएको छ । हाल भर्ना भएका प्रायजसो विरामी जटिल अवस्थाका रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामनी पोखरेलले जानकारी दिनु भयो ।
माघमा पुरै सञ्चालन हुने पर्ने एचडियु बेड अझै पूर्णता पाएन
प्रतिष्ठानको कोभिड अस्पतालका लागि भनेर सरकारले बजेट उपलब्ध गराएपनि प्रतिष्ठानले एचडियुलाई पूर्णता दिन सकेको छैन । प्रतिष्ठानले ठेक्का दिएको जनमुखी हेल्थ इण्टरप्राइजेजले एचडियुका लागि आवश्यक उपकरण ‘डिफिब्रिलेटर’ हालसम्म पनि उपलब्ध नगराएको पाइएको छ । तोकिएको पूरा उपकरण नहुँदा एचडियु नाम मात्रको भएको त्यहा कार्यरत कर्मचारी बताउछन् ।

सप्लायर्सले उपलब्ध गराएका अन्य उपकरणहरू पनि गुणस्तरहीन रहेको कोभिड अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले बताउनु भयो । प्रतिष्ठानको मेडिकल स्टोर प्रमुख सञ्जीव कर्ण कोभिड अस्पतालको एचडियुका लागि अन्य सामान आए पनि डिफिब्रिलेटर हालसम्म नआएको बताउँनु हुन्छ ।
यसरी ठेक्का पाएको सामान समयमा उपलब्ध नगराउनेलाई कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, प्रतिष्ठानले जनमुखी हेल्थ इण्टरप्राइजेजलाई कालोसूचीमा राख्ने प्रक्रिया त के अघि बढाउनु अर्को ठेक्का दिने तयारी भएको बताइन्छ । यसमा उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीका सचिवालयमा कार्यरत केही कर्मचारी र व्यापारीको संलग्नता रहेको बताइन्छ । कोभिड अस्पताल चुस्त दुरुस्त राख्ने जिम्मेवारी अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहको हो तर उहाँ पनि ठेक्कापट्टाको कमिसनको चक्करमा लागेर प्रभावकारी व्यवस्थापन हुन सकेको छैन् ।
समयमा शव उठ्दैन्
कोरोना सङ्क्रमितको शव स्वास्थ्य मापदण्ड अनुसार नेपाली सेनाले व्यवस्थापन गर्नु पर्ने हुन्छ । अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सङ्क्रमित बेडमा नै लामो समय सम्म राखिने गरेको छ । मृत्यु पछि सेनालाई खवर गरेर शव व्यवस्थापनको लागि प्लाष्टिक प्याक बनाउनेदेखिको काम गर्दा र सेना आइ पुग्दा निकै समय लाग्छ । ३÷४ घण्टासम्म पनि बेडमै शव हुदा नजिक रहेका अन्य विरामीलाई मानसिक रुपमा आघात पुग्ने गर्छ । अव आफ्नो पनि यस्तै पालो आउने भयो भनेर नजिकका वेडमा रहेका सङ्क्रमित निराशा मात्र होइन पीडामा हुने गर्छन् । ११ दिनसम्म अक्सिजन बेडमा बसेर घर फर्केकाका धरान उपमहानगरपालिका न्यायपालिका सदस्यसमेत रहेका धरान–३ का विकाश बनेपाली आफु अस्पताल बस्दा कारुणिक अवस्था देखेको सुनाउँनु हुन्छ । आफु अगाडी लास देखेरै पनि कतिपय मनोवल कमजोर हुनेहरुको मृत्यु भएको उहाँ सुनाउँनु हुनछ । म अस्पताल बस्दा कहिलेकाही त दिन भरीमा पनि लास उठेन । मृतकसँग बसेर आफ्नो पनि पालो कुरेर बस्नु पर्ने त्यहाँको कारुणिक अवस्था सम्झैदा अझै डर लागेर आउछ ।’– बनेपालीले आफ्नो अनुभव सुनाउदैं भन्नु भयो ।–‘ मृत्यु भइसकेका विरामीलाई अन्य वेडमा रहेका विरामीले थाहै नपाई तत्काल बाहिर लगेर व्यवस्थापन गर्ने मेकानिजम बिपी प्रतिष्ठानमा छैन् । शव व्यवस्थापन तत्काल गर्ने व्यवस्था मिलाउनु पर्छ ।’ झन साँझमा मृत्यु हुने सङ्क्रमितलाई रातभरी बेडमै राखिन्छ ।
विरामीको मृत्यु भइसके पछि मुचुल्का उठाउने, प्लाष्टिक प्याक बनाउने तथा सेनालाई बोलाउने काममा प्रतिष्ठानले ढिलासुस्ती गर्ने गरेको उहाँको भनाई छ । यस्ता व्यवस्थापन विरामी भन्दा अलग राखेर गर्नु पर्ने उहाँको सुझाव छ । ‘नौ दिन अक्सिजन वेडमा बस्दा ८ वटा लास देखे । अव आफु पनि यसरी नै मरिने रहेछ । घर परिवारलाई अन्तिम सास जाँदा केही भन्न समेत पाइन भन्ने लागेको थियो । अरुको लास हेरेर म बाँचे ।’– बनेपालीले अस्पताल बसाईको कथा यसरी सुनाउनु भयो, –‘११ औं दिन घर फर्कदा मृत्युसँगको युद्ध जितेर फर्केजस्तो लाग्यो । खुशीको सिमा रहेन् । सरकार राजनीतिक खिचातानी छाडेर अस्पताल व्वस्थापनमा लागोस । नेताहरुको पनि ध्यान आफ्ना जनता बचाउन जावस ।’
गत मङ्सिरमा १६ दिन कोभिड अस्पताल बसेर घर फर्केका अर्का उदयपुर चौडण्डी नगरपालिकाका मनोज राई अस्पतालमा भकाभक आफ्नै अगाडी मरेको देखेर आफ्नो पनि यसरी काल पर्खेर बसेको अनुभूति गरेको सुनाउनु भयो । सप्तरी घर भएका एक वृद्धको सव ८ घण्टासम्म पनि बेड मै राखिएको पाएको उहाँले बताउन ुभयो । त्यहाँको त्यस बेलाको अवस्थामा आफु मुर्दा घरमा बसेको जस्तो लाग्ने उहाँले बताउनु भयो ।

अक्सिजन बेड अभावमा धेरैको ज्यान गयोreceived_661485534425264 (1)
पहिलो कोरोना महामारीको बेला बिपी प्रतिष्ठानको फितलो व्यवस्थापनका कारण बेड नपाएर झण्डै १५ जनाको ज्यान गएको थियो । कतिको घर मै मृत्यु भएको थियो । भने कतिपय विराटनगर लादैं गर्दा बाटोमा मृत्यु भएको थियो । प्रतिष्ठानको कोभिड अस्पताललाई सरकारले लेभल थ्रीको स्तरिय अस्पताल घोषणा गरे पछि यहाँको सेवा सुविधा उपकरण व्यवस्थापन भने नभएको उपचारमा आउने सङ्क्रमितहरुले बताएका छन् ।

धरान– ८ का ५२ वर्षीय पुरुषको भेन्टिलेटर अभावमा कार्तिकमा मृृत्यु भएको थियो । धरान १६ का एक ६० वर्षीय संक्रमितलाई असोजमा सास फेर्न गाह्रो भएर प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे । तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो । ती संक्रमितको राति नै घरमा मृत्यु भएको थियो ।
त्यस्तै धरान १५ का ६८ वर्षीय एक पुरुषको पनि गत असोजमा अस्पताल लगिए पनि विराटनगर लादैं गर्दा र्मतयु भयो । धरानमा मात्र बेड अभावका कारण ८ जनाको मृत्यु भएको त्यस बेलाको उपमहानगरको तथ्याङ्कमा उल्लेख गरिएको थियो ।

कोभिड अस्पताल सञ्चालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको उचित व्यवस्थासमेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले यसअघि आन्दोलन नै गरेका थिए ।
प्रतिष्ठानका अस्पताल निर्देशक साहले समयमा शव व्यवस्थापन नहुदा केही समस्या भएको स्वीकारेका गर्नु भयो । सेनाले आएर उठाउनु पर्ने भएकाले ढिलाई भएको उहाँको भनाई छ । यस कामलाई व्यवस्थित गर्न अस्पताल प्रशासन, धरान उपमहानगरपालिका, नेपाली सेना र प्रहरी प्रशासन बसेर शव व्यवस्थापनबारे छलफल गराउने तयारी भएको उहाँको भनाई छ । डिएचयुबेड तयारी भइसकेको उहाँको दावी छ ।

अहिले पनि उस्तै अवस्था, प्रतिष्ठानलाई दिने सरकारको अनुदान कोशी अस्पताललाई गयो
कोभिड अस्पतालको अहिलेको हालत पनि उस्तै भएको त्यहाँ काम गर्ने कर्मचारी बताउछन् । कोभिड– १९ अस्पतालका लागि ल्याइएका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरूलाई समस्या परेको थियो । खरिद नियमावली विपरित उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको मौखिक तोक आदेशमा ल्याइएका भेन्टिलेटरले त्यस बेला काम नगरेर निकै ठूलो आलोचना भएको थियो ।

कोरोना महामारीको वेला कोभिड अस्पतालको औषधि, मेसिन तथा उपकरण खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको संलग्नतामा खरिद प्रक्रियाविपरीत कमसल सामान खरिद गरेको आरोप लाग्दै आएको छ । अहिले पनि उपकुलपति गिरी अस्पतालको व्यवस्थापनमा भन्दा पनि आफ्नो पद बचाउन राजधानी धाइरहनु भएको छ । पदाधिकारीहरुसँग राम्रो मिलाप छैन् । सबै पदाधिकारीहरु अस्पतालको व्यवस्थापन भन्दा पनि कुन व्यापारीलाई ठेक्का दिदा कति कमिसन आउछ भन्ने तिर नै ध्यान छ । पदाधिकारीहरु प्रतिष्ठानलाई आवश्यक सामाग्रीको ठेक्का लगाउने र मोटो कमिसनको चक्करमा ठेक्का रद्ध गर्ने तमासामा लागेको प्रतिष्ठानका एक अधिकृतले बताउनु भयो । सरकारले अघिल्लो समय स्तरिय कोराना अस्पतालका लागि एचडियु २५ बेडको व्वस्थापन गर्न २ करोड ५० लाख बजेट दिए पनि चरम दुरुपयोग भए पछि अख्तियार अनुसन्धान आयोगको छानविनमा परेको थियो । २५ लाखमा बन्ने २५ बेडको एचडियु बेड ठेक्काको काठमाडौको मेडिकल सोलुसनलाई २६ लाखमा दिएको थियो । उपकुलपति डा. गिरीको संलग्नतामा गरिएको ठेक्काको विषयमा अख्तियारमा उजुरी परे पछि स्वास्थ्य मन्त्रालयले हालसम्म बजेट पनि निकास भएको छैन् । प्रतिष्ठानका पलाधिकारी भ्रष्टचारमा लिप्त भए पछि प्रतिष्ठानलाई दिने बजेट कोशी अस्पताल विराटनगरमा एक सय बेलको डिएचयु बेड बनाउन स्वास्थ्य मन्त्रालयले अनुदान दिएको छ । कोशी अस्पतालले १ बेडको कोभिड अस्पताल तयारी गरि सकेको छ ।
समन्वय नै गदैंनन् उपकुलपति
तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आर्शिवात पाएर उपकुलपतिमा नियुक्ति भएका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी प्रतिष्ठानमा पदाधिकारी, कर्मचारीलगायत स्थानीय तह, प्रदेश सरकारसँग समन्वय नै नगरेको आरोप छ । धरान उपमहानगरभित्र रहेको कोभिड अस्पताल व्यवस्थापनमा मेयर तिलक राईसँग समन्वय नगर्दा मेयर राईले केही समय अघि सार्वजनिक रुपमा उहाँको सार्वजनिक रुपमा आलोचना गर्नु भएको थियो । आफ्नो स्थानीय तहमा भएको प्रतिष्ठानले कस्तो व्यवस्थापन गरेको छ । विरामीहरुको उपचारका कस्तो मापदण्ड अपनाएको छ भन्ने विषयमा जनप्रतिनीधि प्राय बखवर हुने गरेका छन् । माथि आफ्नो सेटिङ भएको भन्दैं उहाँ तलका कर्मचारी, पदाधिकारी तथा स्थानीय तहसँग कुनै समन्वय नगरेको एक जनप्रतिनीधिले बताउनु भयो । उपकुलपति गिरीको हठका कारण प्रतिष्ठान धारासायी बनेको र कोभिड अस्पतालमा धेरैको अकालमा ज्यान गएको कोभिड अस्पतलामा कार्यरत एक चिकित्सक बताउछन् । हाल पनि उपकुलपति गिरी प्रतिष्ठानको व्यवस्थापन छाडेर दुई साता लामो समय काठमाडौ बसेर आइतबार मात्र धरान फर्कनु भएको छ । सबै पदाधिकारीहरुको कार्यालयमा चिकित्सक विद्यार्थीहरुले प्रतिष्ठानको व्यवस्थापन तथा इन्टरनेट सेवामा भ्रष्टचार भएको भन्दैं ६  दिनसम्म ताला लगाएर िहजाे खाेलीएकाे छ । रजिष्टारकाे कार्यालयमा चने याे समाचार तयार गर्दासम्म खाेलिएकाे छैन् ।