धरान / पहाडी जिल्लामा उत्पादन हुने नगदेवालीको रुपमा रहेको अम्रिसो कुचोको यो बर्ष मूल्य उच्च भएको छ । विगतमा प्रति गोटा ४० को दरले विक्रि हुदैं आएको कुचो यो बर्ष एक सयदेखि १ सय ३० सम्ममा विक्रि भएको छ ।
गत बर्ष भन्दा तीन गुणा मूल्य बढेको धरानस्थित कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । गत बर्ष ४० रुपैया प्रति कुचो यस बर्ष १ सय ३० रुपैयासम्ममा विक्रि भएको छ । ‘अम्रिसो कुचो भारतीय मजदुरहरु आएर उनीहरुले प्याक गरेर भारत लाने गरेका छन् । नेपाली बजारमा १० प्रतिशत मात्र विक्रि हुने गरेको छ ।’–भट्टराईले भन्नु भयो । ९० प्रतिशत भारत निकासी हुने गरेको छ ।
भारतीय बजारमा कुचोको माग बढ्दा मूल्य पनि बढ्ने गरेको छ । यो वर्ष गत वर्षको तुलनामा भारतमा कुचोको माग बढेकाले मूल्य पनि बढेको उहाँकोे भनाई छ । सामान्य पाखो जमिनमा उत्पादन हुने अम्रिसा ेकुचो यस बर्ष भाउ सोचेभन्दा उच्च भए पछि कृषकहरु खुशी भएका छन् ।
धरान–२० विष्णुपादुकाको तामाखाममा करीब ५ बिघा जग्गाको पाखा भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो बर्ष मूल्य राम्रो पाउदा खुशी हुनु भचएको छ । ‘यसमा हाम्रो केही मेहनेत हुदैंन् । एक पटक रोप छि धेरै बर्षसम्म केही गनुृ पदैंन् । यो बर्ष पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी ग¥यो ।’–कृषक राईले भन्नु भयो । एक पटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदै फाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषकहरु निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङ बताउँनु हुन्छ ।
विनोद कुलुङ, दिपक साहलगायतले धरानको कृषी उपज बजारमा कुचो विक्रि गदैं आएका छन् । कृषकहरुबाट उहाँहरुले संकलन गरेर ल्याई भारतीय बजारमा विक्रिको लागि उहाँहरुले पठाउनु हुन्छ ।
कृषी उपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालू आर्थिक वर्षको फागुन पहिलो साता सम्ममा ४ हजार ५ सय मेट्रिक.टन अम्रिसो कुचो कारोबार भएको छ । ( हालकै मूल्य कायम रहे ५६ करोड भन्दा बढिको आम्दानी हुने बजारले अनुमान गरेको छ । कुचो चैत र बैशाखसम्म विक्रिहुन्छ । गत बर्ष ३ हजार ६ सय ९९ मेट्रिक टन कुचो विक्रि हुँदा १५ करोड मात्र आम्दानी भएको थियो । गत बर्ष प्रति गोटा ४० मात्र मूल्य हुदा कम आम्दानी भएको भट्टराई बताउँनु हुन्छ । ‘गत बर्षको तुलनामा यो बर्ष ४ गुणा बढि आम्दानी भएको छ । कृषकहरु पनि खुशी छन् ।’–उहाँले भन्नु भयो ।
कूचोको मूख्य सिजन माघबाट शुरु भई बैसाखसम्म आउने गर्छ । नेपालमा उत्पादन भएका मध्ये १० प्रतिशत मात्र घरेलु स्तरमा खपत हुने गरेको कृषी उपज बजारले जनाएको छ ।
अम्रिसो व्यवसायी विनोद राईले फागुन पहिलो साता सम्ममा करीब १० टन अम्रिसोको कारोबार भएको बताउनु भयो । यो बर्ष १३ लाख रुपैयाँको कुचोको कारोबार गरेको उहाँको भनाई छ ।
सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिक रूपमा लाखौको आम्दानी गर्ने गरेकाछन् । सामुदायिक वन क्षेत्रको नांगो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत कृषकले बनाएका छन् । यो अम्रिसो सानो लगानी र थोरै मिहिनेतले उत्पादन गर्न सकिन्छ ।
अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कोतर्फ पात खुवाउँदा गाईभैंसीको दूध बढ्ने किसानको भनाइ छ। ‘गाईवस्तुको लागि पोसिलो घाँस मान्छि,’ कटारी नगरपालिका १३ सावित्री राउत भन्छिन, ‘फूलको कुचो बनाएर विक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ । परिवारलाई पालन–पोषण, शिक्षा–दीक्षा दिन र चाडपर्वमा खर्च गर्न समेत अम्रिसोबाट पैसा कमाउन सकिने किसानहरुको भनाइ छ ।
अम्रिसोको फूल तयार हुने वेला व्यापारीहरु गाउँघरमै पुग्ने भएकाले बिक्रीको लागि किसानलाई सजिलोसमेत भएको छ ।
अम्रिसो कुचोका लागि मात्र होइन पर्यटकहरुका लागि आकर्षण पनि बन्न थालेको छ । इलामको निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउदैं आएको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको स्थानीय बताउछन् । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ ।
इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ । व्यावसायिक अम्रिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ अम्रिसोको बगानमा पुग्ने गरेको स्थानीय बताउछन् ।
दैनिक चारदेखि २० समूहसम्मका पर्यटक काउलेडाँडा पुग्ने गरेका छन् । हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृष्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ ।
डाँडाको वन क्षेत्रको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीयबासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैंसीपालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।
पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ्ग, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ । अम्रिसो कृषकबाट जस्ताको तस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलो बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको कृषी उपज बजारका व्यवस्थापक भट्टराईले बताउँनु हुन्छ ।
भारत निर्यात भए पछि बण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पु¥याउने गरिन्छ । त्यसको मूल्य दोव्वर हुने व्यवसायी बताउछन् । बजार व्यवस्थापक भट्टराईले भन्नुभयो – ‘नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्ब रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ । तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ ।’
नेपालको भौगोलिक बनावट अनुसार अम्रिसो कुचो खेत ीगर्ने प्रसस्त ठाउँ रहेको छ । पहाडी क्षेत्रमा यस कुचोको रामे उत्पादन हुने गरेको छ । तर भारतीय बजारमा यसको माग अघिक भएको सूचना नपाउदा कृषकले उत्पादन गरेको कुचो त्यतिकै खेर गएको छ । उत्पादन भएको अम्रिसो कुचोलाई ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्राउन सकिने व्यापारीहरु बताउँनुहुन्छ ।

IMG20210122155950
कृषक र व्यापारीलाई नेपालमा उत्पादित अम्रिसो कुचो निर्यातमा सहजीकरण गरिदिने हो भने खेर गएको आफ्ना डाँडापखा, कान्लामा अम्रिसो रोपेर लाखौ कमाउन सक्ने व्यवस्थापक भट्टराईले बताउनुभयो ।
नेपाली अम्रिसो भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यहरूमा जाने गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा पूर्वी नाका हुँदै ४२ करोड २६ लाख ५६ हजार रुपैयाँको १३ हजार २०८ टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्क रहेको छ ।
वीकीपिडियाका अनुसार अम्रिसालाई लामो डाँठ हुने एक प्रकारको घाँस भनेको छ । यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रसस्त रूपमा पाइन्छ । यो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकहरूको मुख्य आमदानीको एक श्रोत मध्ये पर्ने वीकीपिडियाले उल्लेख गरेको छ । बनस्पति जगतको फुल फुल्ले प्रजाती अन्तर्गत अम्रिसो पर्दछ । यसको बैज्ञानिक नाम थ्यासानोइना(Thysanolaena) हो ।
अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस मान्न्छि । यस घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेको शिताड्ड ज्वरो लाग्ने सम्भावना कम हुन्छ । यसले एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँसको उब्जा दिइरहन सक्दछ । यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराको रूपमा प्रयोग गरिन्छ ।

amliso
यसको जरा माटोमा राम्ररी फैलिएर जाने भएकोले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ । अम्रिसोको खेती कालान्तरदेखि नेपालका पूर्वी पहाडी क्षेत्रहरूमा गरिँदै आएको पाइए ता पनि हाल यसको खेती अन्य जिल्लाहरूमा पनि विस्तार भएको पाइन्छ । यस घाँसलाई डिल, कान्ला, पाखोबारी तथा नदीका बगरहरूमा पनि लगाउन सकिन्छ । कुचोदेखि लिएर पर्यटक भुलाउने, घासको रुपमासमेत यसलाई प्रयोग गरिदैं आएको यो अम्रिसो बहुगुणी घाँस मानिन्छ । रासस