धरान / सुनसरीका क्रियाशिल पत्रकार केशव घिमिरेले ११ करोड लगानीमा बेसारजन्य बस्तुको प्रशोधन उद्योग शुरु गर्नु भएको छ । नेपाल पत्रकार महासंघ सुनसरकिा पूर्व अध्यक्षसमेत रहनु भएका घिमिरेले बराहक्षेत्र नगरपालिका –२ जव्दीस्थित २५ कठ्ठा जग्गामा टर्मो एग्री हर्बो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गर्नु भएको हो ।

विहीबार बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल तथा नेकपा माओवादी कैन्द्रका स्थायी कमिटी सदस्य मुकेश मेयाङ्बोको उपस्थितिमा शिलान्यास गरिएको छ । ७० प्रतिशत वितिय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिनुभयो ।
पत्रकारहरु पनि व्यवसायी क्षेत्रमा अव्वल बन्नु पर्छ र मिडिया धारासायी भएको बेला आफ्नै उद्योगको आम्दानीले पनि धान्न सकिन्छ भन्ने विश्वव्यापी मान्यता अनुसार आफुले ठूलो लगानीमा उद्योग खोलेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेसारजन्य सामाग्रीबाट यस उद्योगमा १५ प्रकारका बस्तु उत्पादन गरिने छ । बेसारको जुस, चिया, हर्वल, सावुन, इनर्जी भिट्टालगायतका बस्तु उत्पादन हुने छन् । अदुवाको काण्डीसमेत बनाउने योजना रहेको छ । यही वरिपरी उत्पादन हुने कच्चा पदार्थ सही रुपमा सदुपयोग गर्न यस्तो उद्योग खोलेको उहाँले बताउनु भयो । सबैको सहकार्यमा यसलाई मुर्तरुप दिने आफ्नो तयारी रहेको उहाँले जनाउनु भयो ।

 

IMG20210311112207 158885975_3959817067408620_1077207124545706062_o