भोजपुर र मध्यपहाडी लोकमार्गमा भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । सँगसँगै स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।

पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको छ ।

यो नयाँ गन्तव्यको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो । भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिने पर्यटक क्षेत्रका अभियानता एवं केन्द्रका अध्यक्ष रमेशकुमार राई बताउँनुहुन्छ ।
करिब १ सय किलोमिटर दुरीको यो पदमार्ग पूरा गर्न २ साताजति लाग्ने बताइन्छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको केन्द्रका अध्यक्ष राईले बताउनु भयो ।

सरकारकाे सय गन्तव्य मध्यकाे एक  भाेजपुरकाे मुन्धुम ट्रेलकाे विकास र विस्तार तिव्र रूपमा भइरहेकाे छ । भाेजपुरकाे सुन्तले क्षेत्रमा काम हुदैं गरेकाे दृष्य ।

तस्विरः रमेश राईकाे वालबाटFB_IMG_1612318021271 FB_IMG_1612318006768 FB_IMG_1612318017829 FB_IMG_1612318009626

FB_IMG_1612318021271 1 FB_IMG_1612318006768 1 FB_IMG_1612318003587 FB_IMG_1612318015187 FB_IMG_1612318012490