धरान / यो बर्षको सुन्तलाको सिजन सकिन लागेको छ । कोशी करिडोरको पहाडी जिल्लाबाट धरान अआयत हुने सुन्तोला यो बर्ष विक्रि घटेको छ । 
विशेष गरेर भोजपुर र धनकुटाबाट आयत हुने सुन्तोला अअिसना पानीले उत्पादन कम भएको कृषकले जनाएका छन् ।
पूर्वको एक मात्र थोक बजार केन्द्र कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७ सय म्याट्रिक टन सुन्तला कारोवार भएको छ । सुन्तलाको सिजन अव एक महिना मात्र हो । गत बर्षको तुलनामा यो बर्ष झण्डै आदी विक्रि घट्ने उहाँको भनाई छ । ‘फागुन अन्तिमसम्म सुन्तला आउछ । अव लगभव एक हजार म्याट्रिक टन विक्रिका लागि आउछ ।’–व्यवस्थापक भट्टराईले भन्नु भयो–‘यो बर्र्ष सुन्तोला उत्पादन घटेका कारण विक्रि कम भएको हो ।’ गत बर्ष कृषी बजारमा ५ हजार एक सय म्याट्रिक टन सुन्तलाको कारोवार भएको थियो ।
खोकुको सुन्तला ब्राण्ड हरायो
विगतमा पूर्वका सहर बजारमा धनकुटाको खोकू छिन्ताङका रसिला सुन्तला खुव प्रचार गरेर साना व्यपारीहरुले बेच्ने गरेका थिए । ‘सस्तोमा खोेकुको गुलिया सुन्तला छानिछानी लानुहोस् ।’ –यो प्रचार अझै सहरमा चलेको छ । हुन पनि धरान, इटहरी, विराटनगर, धनकुटालगायत सहरका फुटपात सुन्तलाले पहेलपुर हुने गरेका छन् । फुटपाथ कव्जा जमाएर पोके व्यापारीहरु यो सिजन सुन्तला मात्रै बेच्छन् । सुन्तला जहाँका भए पनि हरेक चौकमा धनकुटाका सुन्तला भनेर व्यापारीहरुले पनि खुवै प्रचार गर्ने गरेका छन् । तर प्रचार खोकुका भए पनि हाल भने भोजपुरको षडानन्द नगरपालिकामा फल्ने सुन्तलाले बजार जमाएको कृषी उपज बजारका व्यवस्थापक भट्टराई बताउनु हुन्छ ।

धनकुटा, त्यसमा पनि खोकुका सुन्तला भन्दा सबैले रुचाउने भएकाले धरानका सुन्तला व्यापारीहरु जहाका भए पनि धनकुटाकै भन्ने गर्छन् । ‘धनकुटाका सुन्तला भन्दा ग्राहकले किनी हाल्छन् ।’ धरान–३ मा सुन्ताला बेच्दै गर्दा भेटिएका एक व्यापारीले भन्नु भयो । –धरानमा धनकुटाका सुन्तलाको निकै चल्ती छ । पूर्वमा भोजपुर, सख्खुवासभा, इलाम, खोटाङ्गलगायत जिल्लामा पनि सुन्तला फल्ने भए पनि बजारमा भने धनकुटाले नाम कमाएको छ ।
भट्टराईका अनुसार पछिल्लो समय भोजपुरको दिङ्ला कुदाकाउलीलगायत क्षेत्रमा उत्पादन हुने सुन्तोला रसिला, ठूला भएका कारण विक्रि अधिक हुने गरेको छ । खोकुको सुन्तला आकारमा पनि साना र कम गुलोयो हुने गरेको उपभोक्ता बताउछन् । तर खोकुको नाम चाही विकि रहेकै छ ।
जिल्ला कृषी कार्यालय धनकुटाको तथ्याङ्कमा खोकू छिन्ताङ्ग आँखीसल्ला, मौनाबुधुक, धनकुटा, तेलिया, खुवाखोक, चङमाङलगायत क्षेत्र सुन्तलाको पटक क्षेत्र मानिन्छ । यी गाउ“बाट सदरमुकाम धनकुटा हु“दै धरान, इटहरी, विराटनगरका चौक, गल्लीमा सुन्तला पुगेका छन् । तर रुखमा रोग लागेर सुन्तोलाको आकार पनि सानो हुने र स्वाद पनि गुलियो नहुने गरेको बताइएको छ । पतेरो, कत्लेकिरालगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने, तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बँगैँचा मासिने क्रम बढेको जिल्ला कृषी कार्याले जनाएको छ ।
भोजपुरको सेभेङ र झ्याउ पोखरीको सुन्तला रसिला
भोजपुरको सबै स्थानीय तहका गाउँ गाउँमा गाडी पुग्न थाले पछि भोजपुरको सुन्तोलाले बजार पाएको जिल्ला कृषी विकास कार्यालय भोजपुरले जनाएको छ । षडानन्द नगरपालिकाको वडा नं. ८ सेभेङ र ११ नं. वडाको झ्याउ पोखरीमा उत्पादन हुने सुन्तोलाले बजार राम्रो जमाएको नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिनुभयो । ‘विगतमा यातायातको सुविधा नहुदा यहाँका सुन्तला यही गाउँमा खपत हुने र यसको स्वाद शहरसम्म पुग्न सकेको थिएन । तर हाल यातायातको सुविधा हुने थाले पछि यहाँका सुन्तोला व्यापारीहरुले बोटमै खरिद गरेर तराई लान थाले पछि यहाँका सुन्तलाको स्वाद देशभर प्रचार भएको छ ।’–उपमेयर राईले भन्नुभयो । नगरपालिकाले दुई वटा वडालाई सुन्तला पकट क्षेत्र घोषणा गरेर कृषकलाई विउ, विजन सुन्तलाको विरुवा उपलब्द गराउदैं आएको उपमेयर राईले जानकारी दिनुभयो । यो बर्ष कृषकलाई अनुदान दिन निती तथा कार्यक्रममा बजेट व्यवस्था गरिएको उहाँको भनाई छ ।
जिल्लामा गत वर्ष सात हजार ९२० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तलाबाट गत वर्ष रु २३ करोड ७६ लाख आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरको तथ्याङ्कले देखाएको छ । जिल्लामा २८७ वटा ठूला बगैँचा र अन्य ठाउँमा सामन्यरुपमा सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । यहाँ उत्पादित सुन्तला धरानको कृषि वजार, इटहरी, विराटनगर, काठमाडौंलगायत स्थानमा खपत हुने गरेको छ ।

जिल्लाको सेभेङ, झ्याउपोखरी, अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौछा, साङपाङ, रानीवास, आम्तेक, प्याउली शिद्धेश्वर, गुप्तेश्वर, मूलपानीलगायतका ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।
उत्तर मोहडा, गेगर परेको पारिलो र मलिलो माटोमा सुन्तला खेति बढी फस्टाउँने कृषी प्राविधिकहरु बताउछन । समुन्द्री सतहदेखि करिब एक हजारदेखि १६ सय मिटरसम्मको उचार्ईमा सुन्तला उत्पादन हुने विज्ञहरुको भनाई छ । सो वातावरण भोपुरको षडानन्द नगरपालिका र धनकुटामा मात्र मिलेको कृषि कार्यालय धनकुटा बागवानी शाखाले जनाएको छ ।
उत्पादनका आधारमा धनकुटा सुन्तला खेतीमा अग्रस्थामा मानिए पनि पछिल्लो समय भोजपुरले उछिनेको छ । नेपालको सबैभन्दा बढी सुन्तला उत्पादन हुने गोर्खा जिल्ला मानिन्छ । सेभेङ र झ्याउ पोखरीमा उत्पादन हुने सुन्तला उच्चकोटीको मापन जिल्ला कृषी बागबानी शाखाले गरेको उपमेयर राईले बताउनु भयो । सुन्तला गुलियो र अमिलोपन मापन ब्रिक्स प्रणालीमा नापिन्छ । विश्वमै १३ देखि १४ ब्रिक्समा सुन्तलाको मापन भएको पाइन्छ । भोजपुरका सुन्तलामा पनि ११ देखि १३ ब्रिक्ससम्मको पाइने प्राविधिकहरुले बताएका छन् ।
भोजपुरको षडानन्द नगरपालिकाका सुन्तालाले नाम कमाउन थालेपछि मकै, धान उत्पादन हुने खेतबारी मासेर सुन्तला खेती गर्न कृषकहरु आकर्षित हुन थालेको उपमेयर राईले बताउनु भयो ।

नेपालमा सबैभन्दा बढी, ३६ प्रतिशत, सुन्तला गण्डकी प्रदेशमा क्षेत्रमा फल्दछ । त्यसपछि क्रमशः प्रदेश १ मा २७ प्रतिशत), बागमति प्रदेशमा –१९ प्रतिशत फल्ने कृषी मन्त्रालयले जनाएको छ । सुन्तला सङ्कलन र बिक्री हुने प्रमुख केन्द्र काठमाडौँको कालीमाटी र बल्खु, नारायणघाट, बुटवल, धरान र विर्तामोडमा कृषी उपज बजार केन्द्र रहेका छन् ।
धरानबाट भारत बंगलबादेश सुन्तला निर्यात
मौसम अनुकूल तथा उत्पादन वर्ष भएकाले यस वर्ष सुन्तला उत्पादन बढेको कारण भारत तथा बंगलबादेश निर्यातमा पनि कमी आएको कृषि उपज बजार धरानका अध्यक्ष कट्वालले बताउनु भयो । यो बर्ष १० प्रतिशत मात्र विदेश निर्यात भएको कृषी उपज बजारले जनाएको छ । पूर्वमा उत्पादन भएका सुन्तला भारत, भुटान र बंगलादेश निकासी हुने गरेको थियो ।
नेपालमा सुन्तला
सुन्तला जात फलफुल खेति प्रविधिबारे जानकार बरिष्ठ सुन्तला विज्ञ भरतबहादुर आचार्य  श्रेष्ठका अनुसार नेपालमा धनुकटाको खोकु, धादिङको स्वादुल, तनहुको बन्दीपुर, गुल्मीको भाडगाउँ, र दैलेखको दुल्लुलाई सुन्तलाको पकटे क्षेत्र मानिएको छ । पछिल्लो समय भोजपुरको षडानन्द नगरपालिका पटक क्षेत्र मानिएको छ । तर केही पटक क्षेत्रमा भने उत्पादनमा हा्रस आएको छ ।
सुन्तला जात फलफुल खेति प्रविधि नामक पुस्तकमा उल्लेख गरिए अनुसार नेपालमा १० वटा प्रजातीको सुन्ताल उत्पादन हुदैं आएको छ । गुलियोको मात्र भएको सुन्तला स्थानीय जात १२.२ प्रतिशत, चनाकावारी १०.५ प्रतिशत पाइने आचार्यले उल्लेख गर्नु भएको छ । भोजपुर र धनकुटामा फल्ने सुन्तला स्थानीय जात र चनाकावारी भएको बताइएको छ ।
विशेष गरि सुन्तला ७ सय मिटर देखि १५ सय मिटर उचाई भएको स्थानमा हुने गरेको छ । तनहुम एक हजार मिटर तलको एचाईको क्षेत्रमा सुन्तला उत्पादन हुदैं आएको छ खंख्ुवासभाको माइतेवा क्षेत्रमा १७ सय मिटर उचाईमा पनि फलेको पाइएको आचार्यले तयार गरेको पुस्तकमा उल्लेख गर्नु भएको छ ।
जातीय गुण अनुसार सुन्तलोको ब्रोक्राको रंग परिवतृन हुदैं जाने गर्छ । सामान्यतया फल भित्र ९ देखि १२ वटा केश्रो हुने गर्छन ।
२०७४ सालको कृषी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको कुल जमिन मध्य ४३ हजार ३२८ हेक्टर जमिनमा सुन्तला खेति हुदैं आएको छ । नेपालमा २ लाख २९ हजार ७७३ मेट्रिक टन सुन्तला उत्पादन हुदैं आएको छ ।

ब्राजिलमा बढि उत्पादन
विश्वमा तुलना गर्ने हो भने ब्राजिलमा सबै भन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । साओ पाउलोको राज्यमा सबैभन्दा ठूलो उत्पादक हुने गरेको छ । सिट्रसइडिष्ट्री नेटका अनुसार गत सेक्टेम्वर १० को एक रिर्पोटमा साओ पाउलो र पश्चिम दक्षिणमिनास गराइ सिट्रसमा २८.७३ मिनियन मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सन २०१९ को तुलनामा यो २५ प्रतिशतले कम भएको सिट्रस इडिष्ट्रीले जनाइएको छ ।
सन २०१९ मा विश्वमा बार्षिक ४६.०६ मिलियन मेट्रिन सुन्तला उत्पादन भएको थियो । म्याट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।
ब्राजील विश्वको सुन्तलाको रसको सबैभन्दा ठूलो निर्यातकर्ता मानिन्छ । यो विश्वको दोस्रो ठूलो जुस निर्यातकर्ता संयुक्त राज्य अमेरिकाको तुलनामा १२ गुणा बढी भएको बताइएको छ ।
ब्राजिल पछि अमेरिका सबैभन्दा बढि सन्तला उत्पादन गर्ने मुलुक हो । यस्तै भारत, इजरायल, इटाली,स्पेनलगायत मुलुक पनि सुन्तला खेतिमा नाम कहलिएका छन ।
139792052__orange_dharan_DK