धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज १२६ जनामा कोभिड १९ विरूद्धको खोप लगाइएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी, प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरू खनाल, , रजिष्टार प्राडा मोहनचन्द्र उप्रेति, अस्पताल निर्देशक प्राडा गौरशिंकर साहले खोप लगाउँदै अभियानको सुरु गरिएको थियो । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी गरे अनुसार नै आजबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाउने कार्य सुरू भएको उपकुलपति गिरीले जानकारी दिनुभयो ।
प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीका अनुसार आज १२६ जनामा खोप लगाइएको छ । यो पहिलो डोज हो र एक हप्ता पछि अर्को डोज लगाइने छ । ४ पटक लगाए पछि खोप पुरा हुने छ । प्रतिष्ठानमा २ हजार खोप मगाइए पनि पहिलो चरणमा १५ सय खोप आएको प्राडा रेग्मीले जानकारी दिनुभयो ।

१ भाइल खोपमा ५ एमएल हुन्छ, एक जनालाई ०.५ एमएल खोप लगाउनुपर्ने प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा. प्रमोद वरालले बताउनुभयो । ‘एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ भने १ सय ५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ ।’
खोप लगाएको व्यक्तिलाई केही समस्या देखिन्छ भनि सावधानिका लागी उक्त प्रकृया गरीएको हो । केही भएमा उपचारको लागी सम्पूर्ण व्यवस्था रहेको छ

खोप लगाउनको लागि ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था गरिएको छ । प्रतिष्ठानमा कार्यरत २५ सय स्वास्थकर्मी तथा कर्मचारीहरूलाई खोप लगाइनेछ ।

धरानको अर्को खोप केन्द्र धरान १० स्थित विजयपुर हस्टिपलमा पहिलो दिन १०८ जनाले खोप लगाए । ती मध्ये ६७ जना महिला र ४१ जना पुरुष छन् । उनीहरु कसैलाई पनि कुनै असर वा स्वास्थ्य समस्या नदेखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयाे। 

IMG_2261 IMG_2278 IMG_2273