धरान  / धरान उपमहानगपालिका–७, शुक्रपस्थित पानवारी बस स्टेण्ड नजिकै करिव एक करोड निजी लगानीमा कृषी उपज बजार सञ्चालनमा ल्याइएको छ ।
सोमबार शुभम कृषि उपज बजारको उद्घाटन प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले गर्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गदै अगाडि बढे मुलुककाु छिटो विकासहुने बताउनुभयो । कृषी बजारले यहाँका कृषक, उपभोक्तालाई सहज हुने बताउनु भयो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कृषकले कृषि उत्पादन गरेको कृषि उत्पादनले सही मुल्य पाउनने वातावरण यस बजारले मिलाउन आग्रह गर्नु भयो । कृषि उत्पादनमा विचौलियाहरुको दबदबा भएकोले किसानले सही मुल्य नपाउने र उपभोक्ताहरुले महंगोमा खरीद गर्नुपरिरहेकोले यस बजार सञ्चालकले त्यस प्रति ध्यान पु¥याउन आग्रह गनुृ भयो ।

उपमेयर मञ्जु भण्डारीले व्यावसायीले आफ्नो लगानी सुरक्षित गदै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले बजारमा कृषक तथा उपभोक्ता मारमा नपर्ने गरी सही मुल्यमा बिक्री वितरण हुने वाताबरण सिर्जना गर्नुपर्ने बताउनुभायो ।

कार्यक्रममा ७ नम्बर वडाका अध्यक्ष जीवन सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका सचिव सीताराम आचार्य, सञ्चालक समिति सदस्य रुद्र न्यौपानेलगायतले बोलेका थिए । बजार सञ्चालकहरुमा गिरीसँगै मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राई रहनुभएको छ । हालसम्म ९१ लाख खर्च गरिएको सञ्चालक समितिका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

५९ वटा कोठा बनाएर शुरु गरिएको बजारमा धरान–१, २, ३, ४, ५, ६, ७, ८, ९, १०,११,१२,१८,१८,१९ नं वडाका स्थानीयवासीको सहजताका लागि बजार सञ्चालनमा ल्याइएको सञ्चालक गिरीले जानकारी दिनुभयो । उक्त बजारमा कृषकहरुले उत्पादन गरेको उत्पादन सिधै ल्याएर बेच्न सक्ने वातावरण बनाइएको छ । तरकारी, फलफुल, खाद्यन्न, कस्मेटिक सामान, माछामासुलगायतका सबै प्रकारका व्यवसायी बजारभित्र प्रवेश दिइएको गिरीले जानकारी दिनुभयो । ‘कुनै एउटा क्रेता आउदा उसलाई घरमा आवश्यक पर्ने सामान खोज्न अन्त जान नपर्ने गरि सेवा सुविधा प्रदान गरिएको छ ।’–गिरीले भन्नु भन्नुभयो–‘यस्तो बजार स्थानीय सरकारका सहकार्यमा प्रत्येक वडामा आवश्यक छ ।’

 बजारमा कृषीहरुले इनरुवा, कटारी, दुहवी, खनार, पहाडी जिल्लाका उत्पादनहरु ल्याएर विक्रि गर्ने छन् । धरानको ४,५,६, १७ र २० नं। वडा कृषी पकेट क्षेत्र उपमहानगरपालिकाले घोषणा गरेको छ । त्यहाँका उत्पादन पनि यस बजारमा विक्रि वितरण हुने सञ्चालक गिरीले जानकारी दिनुभयो ।

धरानमा पूर्वका जिल्लाबाट आयत हुने कृषी उपज बजार र स्थानीयका लागि सेवा दिने उपमहानगरले दुई वटा पालिका बजार सञ्चालन गदैं आएको छ । तर ती बजार धरानको मुटु भानुचोक आसपास मात्र हुँदा अन्य वडाका स्थानीयवासीहरुले समस्या भोग्दैं आएका छन् । निकै सस्तो मुल्यमा किनबेच हुने शुभव कृषी उपज बजारले सेवाग्राहीलाई सौलियत हुने गिरीले बताउनुभयो ।krisi bazar1 krisi bazar2 krisi bazar3 krisi bazar5 krisi bazar6 krisi bazar8