धरान / धरान उपमहानगरपालिका वडा नं. ७ स्थित सुविधा सम्पन्न कृषी उपज बजार सञ्चालनमा ल्याइएको छ ।
खुत्रा तथा होलसेल विक्रेता र स्थानीयवासीको सूविधाका लागि निजी लगानीमा शुभम कृषी उपज बजार सञ्चालनमा ल्याइएको हो ।
करिव १ करोड १० लाख लगानीमा शुरु गरिएको बजारमा यही पुस १ गतेदेखि खरिद विक्रि शुरु भएको छ । सरकारले देश भर सञ्चालन गरेको ११ वटा कृषी उपज बजार मध्य धरान–१३ स्थित धरान कृषी उपज बजारका पूर्व अध्यक्षसमेत रहेका व्यवसायी काजी गिरीले केही साथीहरुसँगको सहकार्यमा ६ कठ्ठन जग्गा लिजमा लिएर बजार स्थापना गरेको बताउनुभयो ।

५९ वटा कोठा बनाएर शुरु गरिएको बजारमा धरान–१,२,३,४,५,६,७,८,९?१०,११,१२,१८,१८,१९ नं. वडाका स्थानीयवासीको सहजताका लागि बजार सञ्चालनमा ल्याइएको सञ्चालक गिरीले जानकारी दिनुभयो । उक्त बजारमा कृषकहरुले उत्पादन गरेको उत्पादन सिधै ल्याएर बेच्न सक्ने वातावरण बनाइएको छ । तरकारी, फलफुल, खाद्यन्न, कस्मेटिक सामान, माछामासुलगायतका सबै प्रकारका व्यवसायी बजारभित्र प्रवेश दिइएको गिरीले जानकारी दिनुभयो । ‘कुनै एउटा क्रेता आउदा उसलाई घरमा आवश्यक पर्ने सामान खोज्न अन्त जान नपर्ने गरि सेवा सुविधा प्रदान गरिएको छ ।’–गिरीले भन्नु भन्नुभयो–‘यस्तो बजार स्थानीय सरकारका सहकार्यमा प्रत्येक वडामा आवश्यक छ ।’

बजारमा कृषीहरुले इनरुवा, कटारी, दुहवी, खनार, पहाडी जिल्लाका उत्पादनहरु ल्याएर विक्रि गर्ने छन् । धरानको ४,५,६, १७ र २० नं. वडा कृषी पकेट क्षेत्र उपमहानगरपालिकाले घोषणा गरेको छ । त्यहाँका उत्पादन पनि यस बजारमा विक्रि वितरण हुने सञ्चालक गिरीले जानकारी दिनुभयो ।

धरानमा पूर्वका जिल्लाबाट आयत हुने कृषी उपज बजार र स्थानीयका लागि सेवा दिने उपमहानगरले दुई वटा पालिका बजार सञ्चालन गदैं आएको छ । तर ती बजार धरानको मुटु भानुचोक आसपास मात्र हुँदा अन्य वडाका स्थानीयवासीहरुले समस्या भोग्दैं आएका छन् । निकै सस्तो मुल्यमा किनबेच हुने शुभव कृषी उपज बजारले सेवाग्राहीलाई सौलियत हुने गिरीले बताउनुभयो । subham bazar