धरान / नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजक भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीे भेडीगोठ भएको बताउनुभएको छ ।
मङ्गलबार केपी ओलीको कदम विरुद्ध नेकपाले गरेको देश व्यापी विरोध कार्यक्रमलाई आफ्नो गृह जिल्ला सुनसरीको इनरुवामा सम्बोधन गदैं व्यक्तिको निहित स्वार्थको लागि संसद विघटन र सिंगो कम्युनिष्ट पार्टी विभाजन गर्ने तत्वलाई कसैले पनि स्वीकार गर्न नसक्ने उहाँले बताउनु भयो ।

नेकपा एक रहेको बताउदैं केपी ओलीले मान्छे तान्ने नाममा १५ सयको भेडीगोठ(केन्द्रीय कमिटी) बनाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ४४७ सदस्य रहेको केन्द्रीय कमिटीलाई ११ सय ९९ सदस्यीय विस्तार गरेका थिए । ‘भेडीगोठहरु खडा गरेर कार्यकर्तालाई ललिपप देखाउनु बाहेक केही होइन । इमान्दार र प्रतिवद्ध कार्यकर्ताहरु नबहकिन म आग्रह गर्दछु ।’–उहाँले भन्नुभयो ।

पूुर्व नागरिक उड्डयन तथा पर्यटन मन्त्रीसमेत भइसक्नु भएका नेता आचार्यले १५ सयको जमातको कुनै मिटिङ छलफल, बहस र निर्णय आशा गर्न नसकिने उहाँको भनाई थियो । राष्ट्रको नाममा वामपन्थी आन्दोलनलाई विभाजित गरेर कसैको व्यक्तिगत स्वार्थमा नअलमलिन कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नु भयो । सम्बोधनका क्रममा उहाँले ओली नेतृत्वको सरकारले गरेको भ्रष्टचार र अलोकप्रियताको कारण धरान उपमहानगरपालिकोको मेयरको उपनिर्वाचनमा नेकपाको हार भएको पनि रहस्य खोल्नुभयो । प्रदेश १ सरकारको निकम्वाका कारण पार्टी अपठ्योरमा परेको समेत उहाँको भनाई थियो । ‘ओली सरकारले वाइडबडी घोटला, ओम्नी काण्डा, एनसेल घोटलालगायत एकपछि अर्को घोटाला र विवादित काम गरेर पार्टीलाई बद्नाम गर्ने काम भयो ।’–उहाँले भन्नुभयो । –‘अलोकप्रियता कमाएको कारणले नै कम्युनिष्ट गढ भए पनि धरानमा चुनाव हार्नु प¥यो ।’

विधि, विधान, संविधान र पार्टी निर्णय विना चलेको सरकारका कारण यति बेला नेपालमा बामपन्थी आन्दोलन नै धरापमा परेको र त्यसको कारक प्रधानमन्त्री ओली भएको प्रष्ट पार्नु भयो । नेता आचार्यले ओलीलाई हटाउन नखोजेको बताउदैं सच्चिन सुझाव दिदा विदेशीको इसारमा संसद विघटन गर्ने काम गरेको उहाँको भनाई थियो । सुनसरीको कार्यक्रमको सम्बोधन पछि नेता आचार्यले मोरङको कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभएको थियो ।
विरोध कार्यक्रमलाई नेकपाकी केन्द्रीय सदस्य रामकुमारी चौधरीले पनि सम्बोधन गर्नुभएको थियो । उहाँले ओलीको कदम प्रतिगमनकारी भएकोले विरोधको आधीबेरी ल्याएको बताउनुभयो । यस्तै केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले नेकपा एक भएर ओलीको गैरजिम्मेवारी कामको डटेर सामना गर्नु आव्हान गनुृ भयो । यस्तै केन्दीय सदस्य महफुज अन्सारीलगायतले पनि सम्बोधन गर्नु भएको थियो । उहाँहरुले सर्वोच्च अदालत र निर्वाचन आयोग प्रभावमा नपरी संसद विघटन र नेकपाको वैधानिकताबारे फैसला गर्न आग्रह गर्नु भयो । प्ले कार्डसहित विभिन्न स्थानीय तहबाट आएको जुलुसले प्रतिगमनको विरोध गदैं उखु किसानका ेमाग पुरा गर्न समेत दवाव दिएका थिए । 

जिल्लाका सबै स्थानीय तहका नेता कार्यकर्ता गरि करिव ५ हजारको उपस्थिति रहेको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।

received_903804040390355