सुनसरी / इटहरीस्थित राष्ट्रिय जागृति क्लबले माघ ६ गतेदेखि सर्वाधिक धनराशीको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ । इटहरीको क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने कार्यक्रम तय भएको सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
सम्भवत नेपालकै सबै भन्दा धेरै पुरस्कार राशीको आफुहरुले प्रतियोगिता गर्न लागेको आयोजक क्लवले दावी गरेको छ । क्बलका अध्यक्ष संजिव ढुंगानाका अनुसार प्रथम विजेताले १२ लाख नगदसहित ५० तोलाकोे चाँदीको कपमा ४ तोला सुनको बल पुरस्कार पाउने छन । यस्तै उपविजेताले ५ लाख रुपैया पाउने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगदसहित ३२ इन्चको टिभि,प्रत्येक खेलको म्यान अफ द म्याच १० हजार र विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले नगद २० हजार पाउने छन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टको गृह शहरमा हुन लागेको प्रतियोगितामा खेलकुद परिषद्ले समेत लगानी गरेको छ ।  प्रतियोगितामा ८ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ,त्रिभुव आर्मी क्लब काठमाण्डौ, थ्रिस्टार क्लब काठमाण्डौ,एपिएफ काठमाण्डौै, रमफम झापा ११, राष्ट्रिय जागृति क्लब आयोजक ,भुटान ग्युप एयर भुटान, जरीफा स्पोर्ट क्लब कलकता भारतले सहभागीता जनाएउने भएका छन ।