काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा द्वन्द्वले उचाई लिदैं जादा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ । नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले सचिवालयको बैठक बोलाउन माग गरेकै भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटलाई निकै महत्वका साथ हेरिएकाे छ ।

स्रोतका अनुसार छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । छलफल साँझ अवेरसम्म जारी रहेको थियो ।

छलफलका लागि प्रधानमन्त्री ओलीकै तर्फबाट बोलावट भएपछि नेता नेपाल बालुवाटार पुग्नुभएकाे थियाे । हिजो प्रचण्डले अनौपचारिक सचिवालय बेठक बोलाउनु भएकाे थियाे । उक्त बैठकमा ओली निकट तथा गृहमन्त्री रामबहादुर थापा उपस्थित भएनन् । आजै नेकपा तत्कालिन एमालेको गोप्य बैठक भएको थियो । बैठकमा सचिवालय सदस्य इश्वर पोखरेलले सम्बोधन गर्नु भएकाे बताइएकाे छ । एमालेको भनिए पनि माधव नेपाल पक्षधरहरुको भने उपस्थिति थिएनन् । त्यस लगत्तै प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाउनु भएकाे थियाे । 

उहाँहरु विच नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि कात्तिक ४ र ११ गते ओली र नेपालबीच भेट भएको थियो । चर्किएको द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको श्रोतले जनाएको छ । ओलीले मिलेर जान प्रस्ताव गरेकोसमेत श्रोतले जनाएको छ ।

पार्टी फुटाए नेतालाईखुकुरी लिएर खेद्ने ताप्लेजुङ्गे जनताको चेतावनी
नेकपाभित्र विवाद चुलिएका बेला ताप्लेजुङका जनताले पार्टी फुटाएर नेता गाउँ आए ‘सिरुपाते खुकुरी लिएर खेद्ने’ चेतावनी दिएका छन् ।

ताप्लेजुङको मिक्वाखोला– ३ लिबाङका जनताले नेकपाका शीर्ष नेतृत्वलाई पार्टी नफुटाउन कडा निर्देशन दिएका छन् । गृहजिल्ला पुग्नु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगश भट्टराईसमक्ष लिबाङका स्थानीयले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा उपस्थित लिबाङका बलनाथ लिबाङले केन्द्रमा पार्टी फुटाएर गाउँमा भोट माग्दै आए सिरुपाते खुकुरी लिएर खेद्ने बताउनु भयो ।  
‘नेता सही भए मात्र देश सही दिशामा जाने’ बताउँदै बलनाथले मन्त्री भट्टराईमार्फत प्रधानमन्त्री ओलीलाई पार्टी जोगाएर देशलाई सही दिशामा लैजान सन्देश पठाउनुभएको थियो ।

अर्का ७४ वर्षीय वृद्ध नारायण लिम्बूले आफू पनि पञ्चायतकालमा जेल बसेको स्मरण गर्दै पार्टी विभाजन भए देशमा ठूलो दुर्घटना हुने चेतावनी दिनु भयो।