धरान / यहाँको कृषी बजार व्प्यवस्थापन समिति धरान – १३ देशभरीका १० वटा कृषी उपज बजारलाई पन्छाउदैं उत्कृष्ट व्यवस्थापनको पुरस्कार जितेको छ ।

प्रदेशका विभिन्न जिल्लाका उत्पादनहरु संकलन गरेर विक्रि वितरण गदैं आएको कृषी बजारले कृषी तथा पशुपक्षी विकास मन्त्रालयले प्रत्येक बर्ष प्रदान गन उत्कृष्ट व्यवस्थापन पुरस्कार हात पारेको हो । यसअघि पनि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा पनि धरानको कृषि थोक बजारले प्रथम पुरस्कार पाएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । देश भरी व्यवस्थापन समिति बनाएर सञ्चालनमा आएका ११ वटा बजार रहेका छन् ।

विदेश निर्यात, कृषी उत्पादन, बजार सेवा, मूल्य निर्धारण लगायतको मापदण्डको विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोक बजारहरुलाई पुरस्कृत गर्दै आएको छ । यो बर्ष कोरोना महामारीले औपचारिक कार्यक्रम नभए पछि मन्त्रालयले उत्कृष्ट छानिएका बजारलाई पत्र काटेर बोलाएको हो । सातौं पटक पहिलो भएको पत्र तीन दिन आफुहरुले पाएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । योबर्ष दोश्रोमा विर्तामोडस्थित कृषी उपज बजार र तेश्रो पोखराको कृषी उपजबजार घोषित भएका छन् ।
यस्तै उत्कृष्ट व्यवसायीमा प्रथम वीरेन्द्रनगरका लक्ष्मण खत्री, दोश्रोमा विर्तामोडका खगेन्द्र महतो र तेश्रोमा धरान कै अजयकुमार गुप्ता छानिएका छन् ।

मन्त्रालयले बजार सफाईको अबस्था, बजारले सेवा प्रदान गरेको स्तर, कारोबारको अवस्था, कृषि बस्तु अन्य राष्ट निर्यात गर्ने गरेको अबस्था, नेपाल सरकारको नियम पालना नभए नभएको, बजारको पूुर्वाधारलगायतको मुल्याङ्कन गरेर पुरस्कृत गदैं आएको छ । ‘आफुहरु ७ औं पटक उत्कृष्ट हुँदा खुशी लागेको छ ।’– व्यवस्थापक भट्टराईले भन्नु भयो । कृषि बजारले पुरस्कृत भए वापत पूुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसरसमेत पाउने उनले बताए । गत बर्ष कार्यालय भवन निर्माणका लागि ३० लाख बजेट दिएको थियो । समितिले कार्यालय भवन बनाई सकेको छ ।
यो बर्षका लागि आइतबार व्यवस्थापन समितिको बैठक बसेर आर्गानिक तरिकाले फलफुल पकाउने च्याम्वर निर्माण र आवास गृहको स्तरोन्नतीका लागि मन्त्रालयलाई प्रस्ताव पठाउने निर्णय भएको भट्टराईले जानकारी दिनु भयो ।

भट्टराईका अनुसार गत आर्थिक बर्षमा १ लाख ४५ हजार मेट्रिक टन बराबर कृषि बस्तुको कारोबार गरेको थियो । जसको नगदमा ५ अरब ५० करोड रुपैया बराबर रहेको छ । त्यस कारोबारको २० प्रतिशत भारत निर्यात भएको थियो । देश भरीका बजार मध्य सबैभन्दा धेरै भारत निर्यात गर्ने धरा नबनेको छ । यहाँ पूर्वी नेपालमा उत्पादन हुने अदुवा, बेसार, अलाइची, अम्लिसो, खोर्सानीलगायतका बस्तु भारत निकासी हुदैं आएको छ । भारतबाट आलु प्याजलगायतका तरकारी यस बजारमा ल्याएर विक्रि वितरण गरिन्छ ।

krisi bazar dharanवि