धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा भर्ना भएका एक जना सङ्क्रमितको हिजो मृत्यु भएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान– ९ का ६९ बर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।
उनको हिजो दिउँसो ३ बजेर ७ मिनेटमा मृत्यु भएको थियो । मृतकमा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । उनलाई हिजो नै अस्पताल भर्ना गरिएको थियो । उनको कोरोना रिर्पोट भने आज आएको छ ।