धरान / धरान बजारदेखि करिव ५ किमी पूर्वमा रहेको बसन्तटारमा उत्पादित आर्गानिक तरकारी तथा कृषीजन्य बस्तुको विक्रि वितरण धरानस्थित अमानबजारबाट शुरु गरिएको छ ।  आर्गानिक तरकारी खेतीका अभियान्ता कृष्ण राईले संचाल गरेको सोताङ आर्गानिक एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको संयोजनमा धरानमा प्रत्येक शनिवार विहान गाउँमा उत्पादन भएका कृषिजन्य उत्पादनहरू हप्ताको एक चोटि बिक्री वितरण गर्ने थलो बनाउने उद्देश्यले अर्गा्निक शनिबारे हटिया संचालनमा ल्याएको हो ।
हटियाको उढ्घाटन नय निर्र्वाचित प्रतिनिधि सभचा सदस्य जयकुमार राई र प्रदेश सभा सदस्य प्रदिप भण्डारीले  गरेका थिए ।
हटियामा अर्गानिक उत्पादनको बिक्री वितरण गरिने छ । रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अर्गानिक हटिया स१चालनमा ल्याइएको हटिया व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले जानकारी दिए ।
धरान वरिपरिका कृषकहरुले आफ्नै प्रयासले अर्गानिक खेती गरिरहेका छन । उनीहरुको उत्पादनलाई प्रबद्धन गर्न र अर्गानिक खेतीलाई प्रोत्साहन गर्न विहान ७ बजेदेखि ११ बजेसम्म हटिया संचालन गरिदै आएको गिरीले बताए ।  उनीहरूको उत्पादनलाई बजार दिन हटिया लगाइँदैछ ।’
‘रासायनिक मलको प्रयोगले माटोको आयु घटाउँदै गइरहेकोले अर्गा्निक खेतीलाई प्रोत्साहन गर्न बजार लगाएको हौ ।’ –समितीका अध्यक्ष गिरीले भने, ‘कृषक र उपभोक्ता बीच सिधै कारोबार हुने भएकाले पनि सस्तो र सुलभ हुनेछ ।’ हटियामा अर्गानिक खाद्यान्न, अर्गानिक तरकारी, फलफुलसहित हस्तकलाका उत्पादन, परम्परागत खानपान लगायतका १४ वटा स्टलहरु हाल रहेको सुनसरी उद्योग बाणिज्य संघकी महिला सदस्य तथा समितिकी उपाध्यक्ष शुभेक्षा अधिकारीले जानकारी दिईन ।
धरान बजारबाट केही टाडा रहेको बसन्तटारमा अर्गानिक खेती संचालन हुदै आएको छ । १५÷२० जना कृषकहरुको सकृयतामा उक्त क्षेत्रमा अर्गानिक खेतीको अभियान गरिदै आएको छ । हाल त्यही उत्पादन भएका तरकारी तथा खाद्य सामाग्री धरानमा विक्रि वितरण गरिदै आएको रिसर्च सेन्टरका संचालक कृष्ण राईले बताए ।
अर्गानिक हटियाले उपभोक्ता र कृषकविच सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने र अर्गानिक खेती अभियानलाई सहयोग हुने उनले बताएका छन् । उनी हटिया व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका छन् । विहान मर्निङ वर्क गर्दै अर्गानिक तरकारी किन्ने बानी बसाल्न विहान हटिया संचालन गरिएको उनको भनाई छ ।
हटियालाई प्रत्येक शनिबार सञ्चालनमा ल्याउने र उपभोक्ताको माग वमोजिम उत्पादन आउन सक्ने भएपछि दैनिक रुपमा पनि सञ्चालन गर्ने समितिको भनाई छ । शनिबार चार घण्टा मात्र लागेको हटियाको पहिलो दिनमा नै ४३ हजारको हराहारीमा कारोबार भएको समितिकी उपाध्यक्ष सुभेच्छा अधिकारी बताइन् । उनका अनुसार सबैभन्दा बढी धरान ४ वसन्तटारस्थित अग्र्या्निक सब्जीको स्टलमा २० हजार बजारको हरियो तरकारी बिक्री भएको थियो । हटियामा हरियो तरकारी, गुन्द्रुक, किनिमा, नेटल टि(सिस्नोको चिया), जैविक कोइला(ब्रिकेट), घरेलु चकलेट, नेबुला ब्राण्डको उत्पादन, लोकल अण्डा, दाल, लप्सीको अचार, बेसार, मह, सुकुटीलगायतको स्टल थियो । ‘उपभोक्ताहरुमा खानेकुरा र स्वास्थ्यप्रति सचेत रहेछन् । केही रुपैया महंगो होला तर अग्र्या्निक उत्पादन स्वास्थ्यकर हुन्छ भन्ने बुझेका छन्,’सोताङ अग्र्या्निक फर्मका सञ्चालक एवं युवा कृषक कृष्ण राईले भने,‘यस्तो बजारले किसानले लगानी र श्रमको उचित मुल्य पाउछन्, तर बजार स्थायी र दिगो हुनुपर्छ ।’
अर्गानिक सब्जीका नियमित ग्राहक धरान ३ का वडा सदस्य विकास बनेपालीले शहरिया जीवन शैली र खानपानले स्वास्थ्यमा धेरै असर परिरहेकोले अग्र्या्निक कृर्षि उत्पादनको प्रर्वद्धन गर्न जरुरी रहेको बताए । पुर्व मेयर मनोज मेन्याङ्बोले उपभोक्ता र कृषकबीच सिधै सम्पर्क हुने भएकोले उपभोक्ताले दुवै पक्षलाई फाइदा पुग्ने बताए । प्रतिनिधिसभा सांसद जयकुमार राईले बिषादी, रासायनिक मल तथा केमिकल प्रयोग गरेको कृर्षि उत्पादनले स्वास्थ्यमा धेरै असर गरिरहेकोले अग्र्या्निक कृर्षि उत्पादनको उपभोग गर्नेतर्फ सर्वसाधारण उपभोक्तालाई प्रेरित गर्न आवश्यक रहेको बताए । ‘धरानमा मात्र होइन, यस्तो हटिया सबैतिर आवश्यक छ । तर, अग्र्या्निक उत्पादनमा मिसावट हुन दिनु भएन,’उनले भने । प्रदेश सांसद प्रदिप भण्डारीले पनि बिषादी र रासायनिक मल प्रयोगलाई न्युनिकरण गर्न अग्र्या्निक कृषक र बजारलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
तरकारी उत्पादनमा नौलो प्रयोग
कृष्ण राईको फर्ममा उनले तरकारी उत्पादनमा नयाँ प्रविधीहरु प्रयोग गर्दै आएका छन् । उनले भर्टिकल फार्मिङको शुरुवात गरेका छन् । यो प्रविधी थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिने प्रविधी भएको अनुसन्धानकर्ता राई बताउछन् । खेतियोग्य जमिनको अभावमा ढुङ्गा माथि पनि पायपको सहायतामा धेरै भन्दा धेरै खेती गर्न सकिन्छ । राईले यो प्रविधीबाट टमाटर, सायो, रायको साग, पुदिना, स्टोमेरी, काउलीलगायतका तरकारी उत्पादन गर्दे आएका छन् । ‘यो प्रविधी पायपको माध्यमबाट जमिन माथि उठाएर  उत्पादन गर्ने गरिन्छ । नेपालमा यस्तो प्रविधीबाट गरिएको यही मात्र हो ।’– राईले भने–‘विकसित मुलुकमा भने यस्तो प्रविधी पुरानो भईसक्यो ।’
उनले अर्कोपोनिक प्रविधीबाट माछापालन गर्दै आएका छन् । माछा पोखरीलाई बहुउपयोगि बनाएर त्यहाँ साँगसव्जीसमेत उत्पादन गर्दै आएका छन् । यसमा पानीको, माछा रविरुवाको मात्रा मिलाएर अर्कोपोनिक प्रविधीबाट लाभ लिन सकिने राईले बताए ।
यस्तो प्रविधी नेपालमा केही संचालनमा नभएको उनले बताए । युटुयुवमा हेरे यस्तो प्रविधी शुरु गरेको उनले बताए । इजरायल, चीन, जापान, कोरियालगायतका मुलुकले यस्तो प्रविधी अपनाउदै आएको उनको भनाई छ ।
उनले नयाँ प्रविधिबाट सायो, ल्याटिस, धनिया, मेथी, चमसुर, रायो, सिमी, काउलीलगायत तरकारीहरु उत्पादन गर्दै आएका छन् ।