धरान  / खस समाज  प्रतिष्ठानको धरान–१३ अध्यक्षमा  उत्तम खड्का चयन हुनु भएको छ ।  मंगलबार भएकबो वृहत भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । 

उपाध्यक्षमा अञ्जना राउत र राजकुमार कट्वाल र सचिवमा केशव न्यौपाने चयन हुनु भएको छ । यस्तै सहसचिवमा गीता कार्की, कोषाध्यक्षमा दुर्गा अधिकारी रहनु भएको छ । अन्य सदस्यहरुमा पूर्ण कार्की, राजन कार्की, दलबहादुर कार्की, चित्र कार्की, रमेश कबार्की, सम्झना खड्का र विनीता बुढाथोकी रहनु भएको छ । 

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वीरेन थापाको प्रमुख आतिथ्यतामा भएको भेलाको अध्यक्षता आशिष कट्वाले गर्नु भएको थियो ।   कार्यक्रममा नगर अध्यक्ष बिजय घिमिरेले खस क्षेत्री प्रतिष्ठानलाई थप संगठित र सशक्त बनाउन आवश्यक कदमबारे धारणा व्यक्त गर्नुभयो। उहाँले एकता र सहकार्यमार्फत समाजलाई सशक्त बनाउँदै सामाजिक नेतृत्वमा खस समुदायको योगदान अझ प्रखर बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका कोशी प्रदेश संयोजक हरिबहादुर कार्कीले कार्यक्रमबारे विस्तृत जानकारी दिनुहुँदै, समाजका गतिविधिहरूलाई गाउँ–टोलदेखि नगरस्तरमा सशक्त रूपमा विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो। कार्यक्रमको सञ्चालन कृष्णबहादुर राउतले गर्नुभएको थियो। प्रतिष्ठानले नगर तथा वडा भेलालाई तिव्रता दिदैं आएको छ ।