धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सुरक्षित कार्यस्थल अभियान सुनसरीको धरानबाट शुरु गर्ने भएको छ ।

धरान उपमहानगर कमिटीको शुक्रबार बसेको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले लकडाउन अबधिमा धरानका १ हजार ५ सय यातायात श्रमिक परिवारलाई चार चरणसम्म खाधान्न राहत वितरण प्रभावकारी भएको समेत निष्कर्षनिकालेको छ ।

संकटकाबीच असार ९ गते १ सय १३ पिन्ट रक्तदान तथा सदस्यता वितरण तथा नविकरण १ सय १५ भएको समिक्षा गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए ।

बैठकले आईटियुसी न्याकको सहयोगमा तीनवटै संगठनहरूले सञ्चालन गरिरहेको सुरक्षित कार्यस्थल अभियान संयुक्त रूपमा धरान बसपार्कमा सञ्चालन गर्ने निर्णयभएको संगठनका नगर अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
बैठकमा लकडाउनकाबेला संगठनले गरेको गतिविधीको विषयमा समेत समिक्षा भएको थियो ।