धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा वोर्ल्ड लिङ्गकले निशुल्क इन्टरनेट सेवा जडान गरि दिएको छ । लामो समयदेखिओछ्यानमा थलिएका प्याकुरेलका एक छोरा र एक छोरीको अनलाइन कक्षा मा सहभागी हुनबाट बञ्चित नहुन भनेर वोर्ल्ड लिङ्गक धरान शाखाका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले इन्टरनेट जडान गरिदिएका हुन ।

वल्र्ड लिङक नाफाका लागि मात्र काम नगर्ने मानविय सहयोगमा पनि सामेल हुने कार्कीले बताए । नेकपा धरानका नगर अध्यक्ष नारायण सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा र नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाको पहलमा इन्टरनेट जडान गरिएको हो ।
आज विहानदेखि नेट सुचारु गरिएको छ ।