धरान / धरान उपमहानगरपालिका वडा नंं २०मा पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पहल थालेकीछन् ।
हिजोबेलुका उपमेयर भण्डारीले नेपाली सेनाको टोली घटना स्थल पुगेर अस्थायी बसोवासको व्यवथामिलाएको उनलेबताइन ।
पूर्वी पृतना इटहरीबाट मेजर विनोद काफ्लेको कमाण्डमा खटिएको टोलीले अस्थायी बसोबासको लागी माछामारामा टेन्ट तयार गरेको छ । धरान–२० स्थित विष्णुपादुकाको आपटारमा पहिरोले भासिदा ७ परिवार विस्थापित भएका थिए । पहाडको एकातर्फको पाखा पुरै चिरा चिरा परेपछि स्थानीय विस्थापित भएको वडाअध्यक्ष मणीराम राईलेबताए ।
उनीहरुलाई तत्काल बसोबास गर्नका लागि उपमेयर भण्डारीको पहलमा सेनाको सहयोगले अस्थायी टेन्ट बनाइएको वडाध्यक्ष राईले जानकारी दिए ।
निबार करिब १२ बजेतिर एक्कासी जमिन भासिएको थियो । जमिन भासिए पछि स्थानीयहरुले आफ्ना ेसामान र बस्तुभाउलाई डाँडामा निकालेर सुरक्षित गरेका थिए ।

119770693_4279779788736030_3106776231226583880_n 119676382_4279779558736053_3237015786434470237_n 119634496_4279780062069336_5200524841325033712_n 119722083_4279778548736154_5563592337000856144_n 119809362_4279778848736124_2332625690397716152_n 119667488_4279779182069424_3549572334017259497_n