पछिल्लो समय कोरोनाको जगजगी बढेको छ । कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएपछि सर्वसाधारण चिन्तित छन् । सरकारले शुरुमा लकडाउन ग¥यो तर यति बेला कोरोनाको संक्रमणको डरलाग्दो अवस्थामा कानमा तेल हालेर बसेको छ । सबै बन्द गरेर पूर्ण लकडाउन गर्नेबेला भने यति बेला भए पनि चासो कसैलाई नहुनु विडम्बना हो ।

प्राय जति पनि संक्रमित छन् । ९० प्रतिशत संक्रमित भारतबाट आएकाहरुबाट सरेको पाइएको छ । अझै पनि भारतबाट नेपालभित्रने क्रम रोकिएको छैन् । यस्तो समयमा पनि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था चुस्त हुन सकेको छैन । लुकिचोरी नेपाल–भारत ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । कपडा, तरकारी, घरायसी सामान र लागु औषध लिएर भारतीय क्षेत्रवाट नेपाल प्रवेश गर्ने क्रम अहिले पनि जारी छ । यसबाट पनि कोरोनानेपाल भित्रीरहेको कुरायहाँका शासकहरुलाई नहुनु विडम्बना हो ।

नेपालमा चटपटे, कपाल काट्ने व्यवसायी चलाउदै आएका भारतीयहरु समिानामा रहेका प्रहरीहरुलाई पैसा खुवाएर नेपालभित्रदैं आएको भन्ने समेत सार्वजनिक भएको छ । उनीहरु स्वय नेपालमाआएर पैसा दिएर नाकाबाट प्रवेश पाएको बताउदैं आएका छन् । यस्तो अवस्थामा झन संक्रमणको जोखिम बढेको छ । नेपाललाई संक्रमणको बढि खतरा भारतबाटै हो । भारतसँगको सिमा नाका अझै ३ महिना बन्द गरिनु पर्छ । सइानीय सरकारले आफ्नो क्षेत्रमा लकडाउन गरि आफ्ना नागरिकलाई सुरक्षित राख्न ढिलाई गर्नुहुदैंन् । नागरिकसमेत आफै सचेत भएर विना काममा हिडडुल बन्द गर्नु पर्छ ।