फत्तेपुर / कोरोना संक्रमणको त्रासले सप्तरीको सप्तकोसी नगरपालिकामा शनिबारदेखि RDT परीक्षण शुरु गरिएको छ। उदयपुरमा देखिएका कोरोना संक्रमित गत फाल्गु २२ ,२३ र २४ गते सप्तकोसी नगरपालिका मा रहेका विभिन्न मस्जिदहरुमा लामो समय सम्म बसेर उदयपुर गएकोले सप्तकोसी नगरपालिकामा पनि संक्रमित हुन सक्ने भन्दै नगर स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयले शनिबार बिहानदेखि नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर र वार्ड नं. ४ बलारदह टोललाई सिलबन्दी गरिएको नगरप्रमुल उत्तमकुमार शर्माले जानकारी दिए ।

शुक्रबार उदयपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सप्तकोसीका तीन टोललाई सिलबन्दी गरेको बताइएको छ । संक्रमितहरु सप्तकोसीनगरपालिका मा रहेको १ नम्बर २ नम्बर र ४ नम्बर वार्डहरुमा रहेको मस्जिदमा बसेर उदयपुर तिर लागेको थाहा पाए पछि ति वडा हरुको मस्जिदमा सिलबन्दी गरिएको नगरप्रमुख शर्माले बताए।

सिलबन्दी गरिएको गाउँमा मुस्लिम समुदायको एक सय घर परिवारको बसोबास रहेको छ । ती घर परिवारका गरी ६५० मुस्लिम जनसंख्या रहेका छन। सिल गरिएको टोलबासीको शनिबार गरिएको सेम्पल ¥यापिड डाइग्नोस्टिक परीक्षण(आरडीटी) सदरमुकाम राजविराजबाट आएको स्वास्थ्य टोलीले शनिबार ७४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (R DT)गरिएकोमा ७३ जनाको नेगेटिभ रिपोर्ट आएको र एक जनाको रिपोर्ट पोजेटिभ आए पछि थप( PCR) चेक अपको लागि राजबिराज लगिएको र बाकी रहेकाहरुको टोलहरु मा भोली पनि चेक गरिने नगरप्रमुख उत्तमकुमार शर्मा ले बताए ।

received_837188000123655