धरान / आगामी मंशीर १४ गते हुने उप निर्वाचनबाट नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जिताउन धरानका निर्माण क्षेत्रका मजदुरहरु एक भएका छन् ।शनिबार निर्माण क्षेत्रका मजदुरहरूका घर तथा कार्यस्थलमा अभियान सञ्चालन गर्न मुक्तिनाथ गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय श्रमिक परिचालन कमिटी निर्माण भएको छ । संयोजक गिरीले धरानमा रहेका सम्पुर्ण मजदुरलाई भेटेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्ने वताए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले सम्पुर्ण मजदुरको हित र अधिकारको लागि नेकपा पाटी मात्रै वलियो पाटी भएको बताएका छन् ।धरान उमपहानगरपालिमाका मजदुरको डेस्क राखेर समग्र मजदुहरुको सुचीकरण गर्ने प्रक्रिया थालनी गरेको ,१० लाख रुपैया वजेट छुट्याएको र निर्माण क्षेत्रका मजदुहरुलाई ८० हजार रकम विनियोजन गरेकाले एक ढिक्का भएर सूर्यमा मतदान गर्ने निर्माण मजदुरहरुले बताए ।