मेयरका उम्मेद्वार प्रकाश राईलाई कसरी चिन्नु भएको छ ?
नेकपाले धरान उपमहानगरपालिकामा उम्मेदवार बनाएको प्रकाश राई मैले देखेको जानेबुझेको हिसाबाट हेर्दा उहाँ शालिन, बौद्धिक, इमान्दार र पार्टीमा धेरै लगानी भएको र जनताको नजरमा लोकप्रिय व्यक्तित्व हो ।
नेकपालाई नै फेरी किन जिताउनु पर्ने धरानबासीले ?
देशको आमुल परिवर्तनको लागी लागेको पार्टी हो नेकपा । एकिकरण पश्चात नेकपाको दुई तिहाइ देशमा भएको छ । संघियतालाई कार्यान्वयनमा लेजान सक्छ । सर्वहारा, श्रमजीवी जनताको पक्षमा काम गर्न सक्ने पार्टी हो नेकपा । स्थानीय, प्रदेश र संघिय सरकारको नेतृत्वमा नेकपा छ त्यसैले सबै तहको विकास गर्नका निम्ति नेकपालाई जिताउनु पर्छ ।
नेकपाकै नेतृत्व हुँदा काम गर्ने नसकेको जनताको गुनासो छ, कसरी सम्बोधन होला ?
स्वभाविक रुपमा जनताको आकांक्षा धेरै थिए । हामीले अग्रगामी छलाङ मार्ने र ठूलो रुपान्तरण गछौं भनेका थियौ र भन्छौ । हामी त्यसकैलागी लागिपरिरहेका छौं । हामी इमान्दारीताका साथ काम गरिरहेका छौ । दुई तिहाइको सरकार रहेको अवस्थामा जनताको अपेक्षा पनि सही हो । अलि काम गर्न नसकेको हो कि भन्ने जनताको गुनासो छ । हामी निरन्तर काममा कटिबद्ध रुपमा लागिरहेका छौ जनतालाई धोका हुँदैन । काम गरेरै छाड्छौ ।
प्रकाश राईलाई तपाईको सुझाव के छ ?
स्थानीय सरकारलाई कार्यकारिणी, व्यवस्थापन र न्यायपालिका समेत चलाउने गरी अधिकार दिइएको छ । स्थानीय सरकार जनताले आफ्नो अगाडी भेट्ने सरकार समेत हो । यसले नै जनताको आवश्यकतालाई बुझ्न सक्छ । र जनताको चाहाना आकांक्षा अनुसार काम गर्न सक्छ । म मेयरका उम्मेदवार प्रकाश राईलाई यही काम गर्ने शुभकामना व्यक्त गर्न चाहान्छु । उहाँ काम गर्न प्रतिबद्ध समेत भएको मैले पाएको छु । जनताको इच्छा, चाहाना र आवश्यकता हेरेर काम गर्न म सुझाव दिन चाहान्छु ।

nekapa_djharan