धरान / नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरहरूलाई नेतृत्वमा ल्याउने काम नेकपाले विकास गरीसकेको बताएका छन । सोमबार धरानको लोकतान्त्रिक चाैतारीमा नेकपाका निर्वाचन परीचालन उपसमितीको आयोजनामा यातायात मजदुरहरू संग भएको कोणसभामा बोल्दै राईले उक्त अभिव्यक्ति दिएका हुन । मजदुरहरू अब पेट र परीवारसंग मात्र नजोडिएर नेतृत्व पंतिमा आउनुपर्ने समेत उनले बताए । मजदुरहरूलाई नेतृत्वमा ल्याउने काम नेकपाले विकास गरीसकेको उनले बताए । उनले भने, '२०७४ सालको निर्वाचनबाट यातायात मजदुर सम्सेर बर्देवालाई धरान १० बाट वडासदस्यमा ल्याई यस कार्यको थालनी गरीसकेको उदाहरण दिन चाहन्छु । नेपाली काँग्रेसले यातायात मजदुरको सवालमा ठुला गफ गरीरहँदा मजदुरलाई नेतृत्वमा ल्याएको एउटा उदाहरण पनि दिन सक्दैन ।' उनले यातायात मजदुर कुनै पनि शहरको दुतको रूपमा रहेको समेत बताए । मजदुरहरूको सहयोगमा नेकपाको सरकार बनेको र उनिहरू बिना धरान निर्माण गर्न असम्भव रहेको उनले बताए । उनले भने, 'सरकारले भ्रमण वर्ष २०२० को अवधारणा ल्याएको छ । पर्यटकहरू कुनै पनि सहरमा भ्रमणका लागी आउँदा सबैभन्दा पहिले यातायात लगायत अन्य मजदुरलाई भेट्ने गर्दछ । त्यसैले मैले मजदुरहरूलाई कुनै पनि सहरको दुतको रूपमा हेर्ने गरेको छु । मजदुरहरूको सेवाले कुनै पनि शहर कति विकसित छ भन्ने उदाहरण आगन्तुकमा पेश गर्ने भएकाले आफु निर्वाचित भएपछि प्राथमिकतामा मजदुरहरूको विकासका लागी कार्य अगाडि बढाउने राईले बताए ।' सानो यातायातको हकमा कुरा राख्दै राईले सानो यातायातहरूलाई दिर्घकालिन व्यवस्थापन गर्नका लागी योजना अघि बढाउने समेत उनले जनाए । उनले भने, 'धरानमा ठुला यातायात भित्राएर सानो सवारीलाई विस्थापित गर्ने हल्ला प्रतिपक्षीले गरीरहँदा यसलाई भोट माग्नका लागी झुट बोलेको हो म भन्न चाहन्छु । हामीले सेउती, सर्दु करीडोरको योजना थालेका छाै, रिङरोडको अवधारणा अगाडि बढाएका छाै र त्यो पुरा भएपछि बल्ल ठुला सवारी नगरले चलाउनेछ तर त्यसबेला पनि साना सवारीहरूको सेवालाई यथास्थितीमा नै राखिनेछ ।' उनले धरान ८ मा बसपार्क निर्माणका लागी कार्य थालनी भइसकेको बताउँदै भानुचोकमा सानो सवारीका लागी हुने गरेको पार्किङको समस्या चाँडै समाधान हुने समेत बताए । आज भएको यातायात मजदुरहरू संगको कोणसभामा प्रतिनिधी सभा सदस्य जयकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ, नेकपाका प्रदेश नं. १ सदस्य विजय राई, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, नेकपाका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा चोत्लुङ, नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी लगायत नेताहरूको उपस्थिती रहेको थियो ।