धरान / ।वुधबार नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले धरानमा शतिm प्रदर्शन गरेको छ ।उप–निर्वाचन मनोनयन दर्ता जाने क्रममा नेकपाले धरानमा आफ्ना हजारौं कार्यकता तथा समर्थक सहित नेकपाको शतिm प्रर्दशन गरेको हो ।‘धराने जनता के भन्छ,प्रकाश राईलाई ले भन्छ’ भन्ने नारा सहित हजारौं समर्थक सहित नेकपा उम्मेद्धवार प्रकाश राईले विशाल जन सागर सहित धरान उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेद्धवारी दर्ता गराएका छन् ।
धरान–१ स्थित सिंहदेवीचौकबाट विशाल र्याली सहित धरान –१५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्धवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा इन्दु राई रहेकी छिन भने समर्थकमा मञ्जु भण्डारी सुवेदी छिन् प्रस्तावक स्वर्गीय मेयर तारा शुव्वाको श्रीमती हुन् ।सुब्बा हङकङमा रहँदा केही दिन अघि अफवाह फैलाउँदै ईन्दु सुब्बा बागि अर्थात स्वतन्त्र उठ्ने हल्ला चलाइएको थियो । तर धरान फर्किए पछि नेकपाका प्रमुख पदका उम्मेदवार राईको प्रस्तावक बसेकी छिन् ।
स्वर्गिय मेयर तारा सुब्बाको धरान विकाशका लागि देखेका सपनाहरु पुरा गर्नका लागि प्रकाश राई नै सहि उम्मेदवार भएकाले उनलाई जिताउन प्रस्तावक बसेको सुब्बाले बताईन् ।स्वर्गीय मेयर सुब्बाले धरानको विकाश निर्माणका अधुरा योजनाहरु पुरा हुन सक्दैनन् कि भन्ने लागेको थियो, तर पार्टी र उम्मेदवार राईले स्वर्गीय सुब्बाको सपना पुरा गर्ने, अधुरा कामहरु पुरा गर्ने प्रतिबद्धता जनाए पछि उनलाई समर्थन गर्दै प्रस्तावक बसेको उनले बताईन् । उनले भनिन्, ‘सुब्बाले शुरु गरेका विकाश निर्माणका कामहरु, धरानको विकाशमा बनाएका योजनाहरु पनि पार्टी सहित प्रमुख पदका उम्मेदवार प्रकाश राईले पुरा गर्ने प्रतिबद्धता जनाएका छन्, त्यसै ले प्रस्तावकमा बसेकी छिन् ।’स्वर्गीय तारा सुब्बाको अधुरो कामहरु पुरा गर्न पनि नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन उनले आग्रह गरेकी छिन् । उनले भनिन्, ‘धरानवासीहरुले चुनाव चिन्ह सुर्यमा मतदान गरि प्रकाश राईलाई जिताई धरान विकाशमा तारा सुब्बाको योगदान र उनको अधुरा सपना पुरा गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’ उमद्वारी दर्ता गर्नका लागि मूख्यदलहरु नेकपाले बाजागाजा सहित हजारौ कार्यकर्ताहरु सहभागि गराई नरा जुलुश सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर उमेद्वारी दर्ता गराएका थिए । उमेदवारी दर्ता पश्चात नेकपाका उमेद्वार प्रकास राईले आफुनु जित सुनिश्चित भएको दावि गरेका छन् । उम्मेदबारी दर्ता गराउनका लागि नेकपाका प्रदेश इन्चार्ज भिमप्रसाद आर्चाय,प्रदेश सदस्यहरु,जिल्ला तथा नगर नेताहरुको उपस्थिती रहेको थियो ।

prakash1

74614036_750608148787793_7281695808565542912_n 75474190_519653345552797_6661668591638675456_n