धरान । धरान उपमहानगर भित्रको विकट तथा दुर्गम क्षेत्र साविक विष्णुपादुकालाई विकास र सम्वृद्धि तर्फ अघि वढाउनको लागि नेपाल कम्युनिष्ट पाटी (नेकपा)का उम्मेद्धवार प्रकाश राईले विष्णुपादुकावासीसँग प्रतिवद्धता व्यतm गरेका छन् । आगामी मंशीर १४ गते हुने उप– निर्वाचनबाट नेकपाको तर्फबाट उम्मेद्धवार वनेका राईले वुधबार विष्णुपादुकावासीसँग घरदैलो अभियानका क्रममा सो कुरा व्यतm गरेका हुन ।विकास र सम्वृद्धि नेकपाबाट मात्रै संभव भएकाले विष्णुपादुकावासीले आगामी मंशीर १४ गतेको उप –निर्वाचनबाट नेकपाका उम्मेद्धवारलाई भारी मतले वियज गराउन सम्पुर्ण विष्णुपादुका एक भएको स्थानीय प्रेम कुमार राईले बताए । राईले भने,‘जो सुकै अनेकन बाहना गरेर गाउ प्रवेश गर्दै झुठो आस्वासन बाँडे ता पनि सिंगो विष्णुपादुकावासी एक छौं।’उम्मेद्धवार राईले पनि विष्णुपादुकामा रहेको संभावनाहरुको खोजी गरि विशेष योजना वनाएर पुरा गर्ने प्रतिवद्धता व्यतm गरेका थिए ।

उनले भने,‘यहाँ कृषि क्षेत्रको संभवाना प्रवल छ, यस क्षेत्रको प्रवद्र्धन र विकास गर्न जरुरी भएकाले आफु विजयी भएर विष्णुपादुकालाई कृषि क्षेत्रमा आत्म निर्भर वनाउनेछु।’धार्मिक र पर्यटन क्षेत्रले पनि विष्णुपादुकाले फड्को मार्ने भन्दै यस क्षेत्रको समग्र विकास गर्न स्वयम विष्णुपादुका वासी पनि एकजुट हुनु पर्ने उम्मेद्धवार राईको भनाई थियो । मंगलबारदेखि घरदेलो अभियानमा जुटेको नेकपाका उम्मेद्धवार,नेता तथा कार्यकर्ता सहित घरदैलो अभियानका टोलीलाई विष्णुपादुकावासीले भव्य सम्मान, स्वागत र विजयको शुभकामना व्यतm गरेका थिए ।
घरदैलो चुनावी अभियान विष्णुपादुकाको वन्दुके, टोड्के,तामाखाम,गुरुङछाप,वाघखोप,सुलीकोट,विष्णुपादुका मन्दिर क्षेत्र,कोकाहा,भन्ज्याङ,खैरे लगायतका स्थानमा पुगेको थियो । घरदेलो अभियान विहान ९ वजेदेखि शुरु भएको थियो।नेकपाको उम्मेद्धवार सहितको घरदैलो अभियान विहीबार धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानबारीमा हुने निर्वाचन प 74462457_2382040728729998_1418619863848452096_n 74514845_486266388640427_2634302239493062656_n 75231740_432467877439957_567989148355395584_n रिचालन कमिटिीले जनाएको छ ।