भाेजपुर  / दशै विदामा मुन्दुम ट्रेलमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका छन् । सरकारको उत्कृष्ट १०० वटा पर्यटकिय क्षेत्रको सुचीमा मुन्दुम टे«ललाई पनि राखे पछि यो बर्षको विदामा पर्यटकहरु टूेकिङका लागि आएको ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष धुर्वराज राईले जानकारी दिए ।
ट्रेकिङका लागि ८ जना अमेरिकन पर्यटकहरु आएका थिए । उनीहरु १० दिनसम्मे मुन्दुम ट्रेल भित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँस पोखरी लगाएतको भ्रमण गरेका थिए । गत बर्ष १५ जना विदेशी पर्यटकहरुले पदयात्रा गरेका थिए । आगामी नोभेम्बरमा जापानी पर्यटकहरु उक्त टे«लमा पदयात्राका लागि अग्रिम बुकिङ गरेका छन् । सोलुखुम्बु, खोटाङ र भोजपुर र संखुवासभालाई छोएको यो टे«लको लम्बाई १०७ किमी रहेको छ ।
मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रका अध्यक्ष अध्यक्ष रमेश राईका अनुसार उक्त पदमार्गमा हिड्नलाई सजिलो मदसाईलो बाटो, खर्कहरु भएको कारण १०बर्षदेखि ८० बर्षसम्मका मानिसहरु पदैन हिडन सकिन्छ । मध्य पहाडी लोकमार्गमा पर्ने टे«ला ट्यम्के, मैयुङ, पाचधारे, सुन्तले डाडाँ सिलिचुङ, साल्पा पोखरी, सातदोवाटो, ह्याकुले डाँडा पर्छन् ।
यो पदमार्गबाट ४३ वटा हिमश्रृख्लाको दृष्य नजिकबाट हेर्न सकिन्छ । ८ हजार भन्दा बढि उचाईका पाँच वटा हिमालको दृष्य देख्न सकिने एक मात्र गन्तव्य यो पदमार्ग भएको राईले बताए । यस मार्गबाट सगरमाथा, लोत्से, चोयु, लोत्से, कञ्चनजंगा र मकालु हिमाल नजिकबाट अवलोकन गर्न सकिने राईले बताए ।
यो टे«ललाई व्यवस्थापन गर्न प्रदेश सरकारले ९० लाख बजेट विनियोजन गरेको छ । गत बर्ष पर्यटन बोर्ड र स्थानीय सरकारहरुको लगानीमा ठाउँ ठाउँमा सेड हाउस, शौचालय, मैयुङ डाडाँमा ८ कोठाको गेष्ठ हाउस, चिलिचुङ क्षेत्रमा खानेपानी तथा पर्यटकहरुका लागि आवास निर्माण भएका छन् ।आगामी दिनमा सबै पूर्वाधार निर्माण गरि ३ बर्ष भित्र स्लिपिङ व्याग र म्याट मात्र बोकेर पर्यटकहरु यहाँ आउन सक्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

mundum trail

everest