• शिवप्रसाद आचार्य

फत्तेपुर /  सप्तकोसी नगरपालिकाकामा तीन दिने डेङ्गुबारे सचेतना कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको समापनमा सप्तकोसी नगरपालिकाकी उपप्रमुख आशाकुमारी चौधरीले सहकार्य गरि रोगका विरुद्ध अघि बढ्न सबैलाई आग्रह गरेकीछन् ।
कार्यकारी प्रमुख ललन कर्णले नगर भित्र डेङ्गु नियन्त्रणमा कुनै कसुर नराख्न मातहतका स्वास्थयकर्मीलाई निर्देशन दिएका छन ।
तीन दिन यता नगर भित्र संचालित डेङ्गु रोग बारे संचालित अन्तरक्रिया कार्यक्रमको समापनमा गर्दै कर्णले देश नै डेङ्गु पीडित भएको भन्दै सचेत रहन सबैलाई आग्रह पनि गरेका छन् । सप्तकोसी नगरपालिका भित्र हालसम्म पाँच जनामा डेङ्गु संक्रमित भएको र एक जनाको मृत्यु भैसकेको स्वास्थय शाखाले जानकारी दिएको छ । सप्तकोसी ११ का रामनारायण मण्डलको मृत्यु भएको नगरपालिकाले जनाउको छ ।
कार्यक्रममा डेङ्गुको पहिचान ,उपचार र बच्ने उपाएबारे स्वास्थय कार्यालय राजबिराजका भेक्टर कन्ट्रोल सुपरभाइजर नारायण राउतले सहजीकरण गरेका थिए ।
‘सबैको साथ डेङ्गुको नास’ भन्ने नाराका साथ संचालित उक्त अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु उचित चौधरी ,चन्द्रनारायण यादब,डोलेश्वर खड्गा,कार्यपालिका सद्स्यहरु,बिद्यालयका शिक्षक ,संघ सस्थाका प्रतिनिधि, स्वास्थ्य प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । १० नं. वडा अध्यक्ष उचित चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख जिबछ साहले गरेका थिए ।