नेपली इतिहासमा झण्डै ७ दशक पछि जनताका प्रतिनीधिहरुले बनाएको संविधान जारी भएको छ । जनताका प्रतिनीधिहरुले जारी गरेको संविधान असोज ३ गते पाँच बर्ष पुगेको अवसरमा देशभर संविधान दिवससमेत मनाइएको छ । सार्वभौमिकताको क्षेत्र बलियो हुने गरि नेपाली राज्य, अर्थतन्त्र, सामाजिक एकता र शान्ति कायम गर्ने एउटा संकल्पसहितको संविधानले आम नेपालीहरु हक अधिकार संविधानमै लिपी बद्ध गरेको नेपलाी जनताको प्रत्यक्ष संलग्नतामा बनाएको यो पहिलो संविधान हो ।
संविधानले आम नागरिकका अधिकार समेटेको छ । तीन तहको सरकारको परिकल्पना गरि विगतमा सिंहदरवार केन्द्रित शासन सत्ता जनतासम्म पु¥याएको छ । यही २०७२ साउन असोज ३ गते जारी गरिएको संविधानले स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारको व्यवस्था गरेको छ । संविधान अनुसार तीनै तहको सरकार निर्माण गरि संघीयताका ेअभ्यासमा नेपाल बामे सरिरहेको अवस्था छ ।
संविधान निर्माणसँगै जनताका अधिकार संविधानमा उल्लेख भए तर उक्त संविधानलाई कार्यन्वय गर्न आवश्यक कानुन निर्माण र पूर्ण कार्यन्वय गर्नु तीनै तहका सरकारको पहिलो प्राथमिकता हो ।संविधान कार्यन्वयलाई प्राथमिकतामा राज्यले राख्न सकेन भने जनतालाई ‘जुन जोगी आए पनि कानै फुटेको’ भन्ने भान हुने छ । सरकारले धमाधम कानुन निर्माण गरेर संविधान कार्यन्वय गरि जनताका अधिकार सुरक्षित गर्न सक्नु नै संविधान दिवसको सार्थकता हुने छ ।