• उत्तम आचर्य

कञ्चनपुर /सप्तरी कञ्चनरुप नगरपालिकालाई बालर्मत्री नगर घोषणा गरिएको छ ।
नेपालकै तेश्रो तथा प्रदेश नं. २ को पहिलो बालमैत्री नगर भएको छ । गत भाद्र १९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भव्य समारोहको विच घोषणा गरे ।
नगरपालिकाले स्थानीय तहको पूर्नसंरचना अघि वि।सं। २०७१ सालदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी निरन्तर बालबालिकाको अधिकारको क्षेत्रमा कार्य गरिहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति एवं कार्यान्वयन कार्यविधि २०६८ अनुसार बालमैत्री नगर घोषणा गर्नका लागि ३९ ओटा सूचक मा तोकिए बमोजिमको नतिजा प्राप्त गर्नुपर्ने हुन्छ । जसमध्ये १६ ओटा तहगत खुड्किलाहरुमा कार्य गर्दै १७ ओटा सूचकमा सत प्रतिशत र २२ ओटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरेर बालमैत्री नगर घोषणा पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयार भएपश्चात मात्र बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार बालमैत्री नगर घोषणा हुनु भनेको उक्त स्थानमा राम राज्य हुनु र उक्त स्थानमा बालअधिकारको सवालमा सबै काम गरेर सकिनु भन्ने चाहिँ होइन, बालअधिकारलाई प्राथमिकतामा राखी कार्य गर्नु भएको बताएका छन् ।
घोषणा सभालाई सम्बोधन गदैं सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले धर्मको आवरणमा हुने अपराध सह्य नहुने बतएका छन ।
हिुन्दु धर्म प्रतिको आस्थामा आँच आउन नदिन समेत सरकार सजग र संवेदनशिल रहेको दावी समेत उनले गरेका छन ।
गाई सार्ने क्रममा नेपालगञ्जमा गाईहरु मरेको घटनाको छानविन सरकारले सुरु गरेको जानकारी दिदै उनले भने दोषीलाई मानिसको हत्या सरह कारवाही हुने छ ।
करिव छ महिना अगाडि विराटनगरका धर्मगुरु माथि भएको गोलि प्रहार उनले आफै गर्न लगाएको छानविनबाट पुष्टि भएको घटना झै नेपालगञ्ज घटना पनि त्यस्तै हुन सक्ने आशंका समेत मन्त्री पण्डितले गरे ।
दुई छिमेकी देशको विचमा रहेर पनि नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको भन्दै उनले देशमा संघीयता कार्यन्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको र स्थानिय, प्रादेशिक, संघिय सरकारले देशलाई समृद्ध बनाउदै विश्व सामु नयाँ पहिचान कायम गर्न सफल भईरहेको दावि समेत गरे । केन्द्रिकृत संरचनाबाट प्रादेशिक संरचनामा जाने देश मध्ये नेपाल पहिलो रहेको तर्क समेत उनले गरे । संघिय लोकातान्त्रीक गणतन्त्र फाल्न सकिन्छ कि भन्ने दिवास्वप्न देख्नेहरुको सपना पुरा नहुने भन्दै उनले भने— फालिएको राजतन्त्र अब फर्केर आउँदैन ।
आफ्नो कर्मभुमि प्रदेश नं १ रहे पनि जन्मभुमि प्रदेश नं। २ रहेकाले संघिय सरकार मार्फत तराई मधेश समृधि कार्यक्रम आफैले ल्याउन लगाएको दावि समेत उनले गरे । गतवर्ष ५ अर्ब रकम विशेष कार्यक्रम मार्फत तराई मधेशको विकास निमार्णको काममा खर्च भएको र चालु आथिर्क बर्षमा सो रकममा बृद्धि गरि ७ अर्व ५५ करोड पु¥याईएको जानकारी समेत उनले दिए । कञ्चनरुप नगरपालिकाको विकासका लागी ८ करोड २५ लाख रकम संघीय सरकारले उपलब्ध गराईएको र यो बर्ष थप बजेट पठाउने जानकारी समेत उनले दिए ।
स्थानिय तहरुबाट गुणस्तरीय र लगानि अनुसारको प्रतिफल आउने काम हुनुपर्नेमा जोड दिदै मन्त्री पण्डितले स्थानियतहमा हुने अनियमितता र भ्रष्टाचारको छानविन गर्ने जिम्मेवारी सरकाले अख्तीयारलाई दिईएको बताए । उनले भनेभ्रष्टाचारीलाई दण्डित गर्न सरकार तयार छ ।
तिहार सम्ममा ९ हजार १ सय ६१ कर्मचारी भर्ना हुने र थप ६ हजार कर्मचारी भर्नाकालागी संघिय सरकारले लोकसेवा आयोगलाई पत्राचार गरिसकेको जानकारी समेत उनले दिए ।
सोही कार्यमक्रमा बोल्दै राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले वालवालिकाको विकासबाटै देशको विकास हुने धारणा प्रकट गरे । प्रदेश नं २ मा सामंन्तवादको अबशेष कायमै रहेको र भ्रष्टाचार मौलाएको आरोप समेत उनले लगाए ।
सोही क्षेत्रमा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुर्यनारायण यादवले बालबालिकाहरु सबैभन्दा बढि उपेक्षीत रहेकाले उनीहरुलाई अगाडि बढाउन र उनीहरु भित्र रहेको प्रतिभाको प्रस्फुटन हुन दिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य तथा नेकपा सप्तरीकी नेतृ सरिता गीरीले बालबिवाहको अत्य गर्न सबै लाग्नुपर्नेमा जोड दिइन । कञ्चनरुप नगरपाकिाका नगरप्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मन्त्री पण्डितले कञ्चनरुप नगरपालिका बालमैत्रि नगरको रुपमा घोषित भएको धोषणा गर्दै संधीय सरकारको तर्फबाट कदरपत्र समेत प्रदान गरे ।
नगरपालिकामा ११ हजार ४५ घरधुरी रहेको छ । ५५ हजार २ सय ६६ कुल जनसंख्या रहेको यस नगरपलिकामा १८ बर्ष मुनिका बालबालिकाको संख्या भने २० हजार ५ सय ९८ रहेको छ ।