इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको एकसाता अघि भएको मृत्युले सप्तरीले अपुरणीय क्षति पुगेको छ । सप्तरीको इतिहास र यहाँको संस्कृति, भाषाबारे उनले पु¥याएको योगदान भुल्न सकिदैंन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधनले ठूलो क्षति पु¥याएको छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०६० मा दासको ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु ः एक अध्ययन र साझा प्रकाशनबाट विसं २०६७ मा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु नामक पुस्तक प्रमुख थिए । यसबाट हामीले सप्तरीको सिंगो इतिहास बुझन सकिन्छ । सपतरीका ऐतिहासिक गढीहरुका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरु महत्वपूण छन् ।
सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवं प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धानका अध्यता दासको सम्मानका लागि बाच्नेहरुले केही न केही गनुृ जरुरी हुन्छ । उनले दिएको योदान चिर स्थाय िबनाउन उनको स्मृतिमा प्रतिष्ठान निर्माण गर्नु पर्दछ । स्थानीय तथा प्रदेश सरकारको सकृयतामा स्मृति प्रतिष्ठान संचालन गरेर उनका कृति र योदानको संकलन गर्नु पर्दछ ।