• विकास चाम्लिङ राई

धरान धरान १८ वडा समितिले आफ्नो वडाको फुटवल टिमलाई आइतवार खेलकुद सामग्रि वितरण गरेको छ । खेलकुद सामाग्री वडा १८ का फुटवल टिम कप्तान हेम गुरुङ, खेलाडी जनक सुनुवार र विशाल सुनुवारको हातमा हस्तान्तरण गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका सभापति तथा धरान १८ वडाध्यक्ष प्रविण राई, जिल्ला फुटवल संघ, सुनसरी उपाध्यक्ष नविन राई र कार्यक्रममा उपस्थित मध्ये जेष्ठ नागरिक चेलिमाया राईको हातवाट सामगी्र हस्तान्तरण गरिएको थियो । वडा १८ समितिले अठार थान जर्सि, मोजा, ५ थान वल र खाजा खर्च उपलव्ध गराएका छन । वडाको खेलाडी तथा टिमलाई प्रोत्साहन गर्नको लागि खेलकुद सामग्री वितरण गरिएको धरान–१८ वडाध्यक्ष प्रविण राईले वताए ।
करिव पचास हजार रुपैया वरावरको सामग्री वितरण गरिएको अध्यक्षले जानकारी गराए । यस्तो कार्य धरान १८ वडाले मात्र होइन धरानको विस वटै वडाले गर्न सके धरान खेलकुदको एक नम्वर शहर वन्ने कार्यक्रमका अतिथी तथा जिल्ला फुटवल संघ सुनसरीका उपाध्यक्ष  नविन राईले बताए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय सदस्य निर्मला राई, वडा नागरिक मञ्च अध्यक्ष नवराज श्रेष्ठ, देविथान संरक्षण समिति अध्यक्ष भिम देवान लगायतको उपस्थिति रहेको थियो । वडा १८ फुटवल टिमले धरान १७ स्थित गोधुलि क्लवको आयोजनामा पुस १५ गते देखि सुरु भइरहेको १८ औ गोधुलि कपमा प्रतिश्पर्धा गर्नेछ । दुई पटक गोधुलि कपको उपाधि चुमिसकेका वडा १८ ले यो पटक ह्याट्रिक गर्ने दाउमा रहेको टिम कम्तान हेम गुरुङ जनाए ।