धरान नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले आव्हान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा देशभर परेको छ ।
वन्दको प्रभाव धरानमा पनि परेको थियो । शैक्षिक संस्थाहरु पूर्ण रुपमा वन्द रहेपनि बजार भने अधिकांश खुलेका थिए ।
लामो दुरीमा चल्ने यातायातका साधनहरु संचालन हुन नसकेपनि नगरभित्र चल्ने टेम्पो, सफारी लगायतकका साना सवारी साधनहरु भने निर्वाध संचालनमा रहेका थिए ।
देशका अन्य भागहरुमा पनि विप्लवको बन्दको प्रभाव परेको थियो । देशका विभिन्न भागहरुमा बम जस्तो शंकास्पद बस्तु भेटिएको थियो । । विप्लवले आफ्नो पार्टीलाई राजनीतिक गतिविधि गर्न रोक लगाएको र नेता, कार्यकर्ताहरुलाई जथाभावी धरपकड गरेको भन्दै बन्द आह्वान गरेको थियो । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएको छ भने हतियारसहित कोही भेटिए गोली हान्ने आदेश समेत सुरक्षानिकायलाई दिएको छ ।
सरकारले केही दिन अघि विप्लवले नेतृत्व गरेको पार्टीलाई प्रतिवन्ध लगाएपछि आक्रोशित वनेको थियो ।