धरान÷ १ नम्वर प्रदेशलाई किरात प्रदेश नामाकरणको माग गदै आएको किरात संस्था किरात राई यायोक्खाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई स्मरणपत्र बुझाएको छ ।
१० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रहेको यायोक्खाले बुधबार बृहत मोटरसाकल र्यालीसहित ठूलो संख्या विराटनगर गएर सभामुखलाई स्मरण पत्र वुझाएको हो ।
पूर्वका सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम, झापा लगायतबाट मोटरसाइकल ¥र्याली सहित अस्थायी राजधानी विराटनगर पुगेर प्रदेशसभाका सभामुख भण्डारीलाई स्मरणपत्र बुझाइएको थियो यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले उक्त स्मरणपत्र सभामुख भण्डारीलाई बुझाएका थिए ।
यायोक्खाले यस अघि नै प्रदेश १ का नामाकरण ‘किरात’ प्रदेश हुनपर्छ भनेर २५ लाख हस्ताक्षरसहित बुझाइ सकेको छ ।ज्ञापनपत्रलाई स्मरणपत्रको रुपमा पुनः बुझाइएको यायोक्खाका केन्द्रीय अध्यक्ष राईको भनाई रहेको छ । ‘प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्छ भनेर सभामुख र मुख्यमन्त्रीलाई पहिला हामीले २५ लाख हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको र त्यतिबेला प्रदेशसभाले निर्णय गर्न सकेको छैन । प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएको ्र नामकरण टुङगो लगाउने भएकोले पहिलाको ज्ञापनपत्रलाई स्मरणपत्रको रुपमा अहिले सभामुखलाई बुझाएको राईको भनाई रहेको छ ।
सो विषयमा सभामुख भण्डारीले ‘किरात’को विषयमा आफु जानकारी भएको प्रतिक्रिया दिएकाछन् । ‘किरात सभ्यता, संस्कृतिप्रति आफू जानकार भएको भएपनि पदीय हिसाबले सक्दो समन्वयको भुमिका खेल्ने वताएका थिए ।