धरान÷ सरकारका मन्त्रीको काम के हो भन्ने प्रश्न गर्दा सवैको उत्तर विकास निर्माण गर्ने भन्ने आउन सक्छ तर ( प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले त्यो भन्दा फरक परिचय वनाएकाछन्
उनले आइतवार आफ्नो मन्त्रालयमा कार्यरत सचिवमाथि आफ्नै कार्यकक्षमा वोलाएर कुटपिट गरेका छन्।
मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेर बहादुरी प्रस्तुत गरेकाछन् ।
संघीय सरकारले ल्याएको गरिबी निवारण उद्यम कार्यक्रमका लागि आफ्नो संस्थालाई छनौट नगरेको भन्दै सचिव झामाथि कुटपिट गरेका हुन। यसअघि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र बुझाएका थिए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए। तर मन्त्रीको संस्था भने छनोटमा परेको थिएन।
सचिव झा कुटिएपछि कर्मचारीहरुले मन्त्रीको विरोधमा मुख्य ढोकामा धर्ना दिएका छन्। सुरक्षा दिनुको साटो उल्टै प्रहरीले सचिव झा लाई नियन्त्रणमा लिएको थियो ।