नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र उपशाखाको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बयरबनमा आयोजना गरीएको सो कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपसभापति डम्बरप्रसाद सिग्देलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व ओमकुमार शर्माले गरेका थिए ।