धरान / पूर्वका कन्सल्टेन्सीहरुको भेलाले ईडन एकेडेमी कन्सल्टेन्सी प्रा. लि. धरानका अध्यक्ष मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्श संघ १ नम्बर प्रदेश समितिको गठन गरेको छ ।

सोमबार ईटहरीमा भएको सो भेलाले उपाध्याक्ष्यमा दिवाकरलाल चौधरी, सचिवमा टिका ढकाल, कोषाध्यक्षमा निरज पौडेल, सदस्यहरुमा क्रमश: गम्भीर भगत, बेन्जु ताम्रकार, टिकाराम न्यौपाने, सुवाास लुईटेल, सन्तोस कुरुम्बाङ्ग, विशाल खुलाल र प्रकाश कार्कीलाई चयन गरेको छ ।

६० भन्दा बढी कन्सल्टेन्सी संचालकहरुको भेलाले सो समिति गठन गरेको हो ।  भेलामा राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रिय संयोजक संन्तोष प्याकुरेल, वरिष्ठ सल्लाहकार सरोज बस्नेत र दुईराज शर्मा शिवाकोटीको उपस्थिति रहेको थियो । अब पूर्वमा रहेका कन्सल्टेन्सीहरुलाई शशक्तिकरण गर्दै तालिम दिई क्षमता अभिबृद्घि गरेर वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सक्षम बनाउदै लैजाने नवनिर्वाचित अध्यक्ष मोहन तिगेलाले बताए ।  पूर्वमा रहेका करिव दुई सय कन्सल्टेन्सीहरुलाई संगठित बनाउने यस संघको उद्घेश्य रहेको छ ।

mohasn