सर्लाही ÷ संसद माथि कुटपिटको घटना लामो समयपछि दोहोरीएको छ ।÷राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई गाउलेले कुटपिट गरेकाछन् । सर्लाहीको कविलासी नगरपालिका–६ मदनपुरमा भइरहेको छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो ।
उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित छन् ।
उनीमाथि वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासी आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए । कुटाइबाट उनको शरीरमा चोट लागेको छ ।पासवान किन आक्रमण गरेको भन्ने खुल्न सकेको छैन् ।