• अन्सार अन्सारी

भुटाहा । सुनसरी ४ नं निर्वाचन क्षेत्रका स्थानियवासीहरुको आवश्यकता र माग अनुसार विकास निमार्णका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन । हरिनगर गाउपालिकाको ४ नं र ५ नं वडामा नेपाली काग्रेसले चाडपर्वका अवसरमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सासंद कार्कीले सो कुरा बताएका हुन । हप्ता दिनदेखि निर्वाचन क्षेत्रमा स्थानियहरुसँग भेटघाट र शुभकामना आदान प्रदानमा व्यस्त रहेका नेता ज्ञानेन्द्र कार्कीले समयको माग जनताको भावना यस क्षेत्रको आवश्यकता र परिस्थीति अनुसार विकासको ठोस योजनाहरु संचालनमा आफुले प्राथमिकतामा राखेको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात, विद्युत लगायतका आधारभुत सवालहरुलाई पुरा गर्न गाँउपालिका देखि संद्यिय संसद सम्म आफुले आवाज उठाउदै समस्याको समाधान गर्न लागी परेको स्थानियहरुलाई सासंद कार्कीले बताएका थिए ।

कार्यक्रममा सहभागी हुन आएकी बसन्तपुरकी नैनादेवी मण्डलले विगतमा आफुहरुले नागरिक भएको आभाससमेत गर्न नपाएको अवस्थामा जनताको सुखः दुखः बुझ्ने र भावना अनुसार काम गर्ने नेतालाई सासंद चुनेकाले अहिले मात्र आएर नेपाली नागरिक भएको महसुस गर्न पाएको बताएकी थिईन । शुभकामना कार्यक्रममा गाँउपालिका अध्यक्ष गफार अन्सारी, स्वतन्त्र सेनानी संघका जिल्ला अध्यक्ष नन्द सिग्देल, सदानन्द मण्डल, इसराइल मन्सुरी, इसा मन्सुरी, सिक्किमलाल यादव, मधुसुधन मण्डल सुरेश मण्डल लगायतले बोलेका थिए ।