भुटाहा । सुनसरीकाे हरिनगर गाउँपालिका साबिक हरिनगरा गाविस वडा नं. ५ हाल वडा नं. ४ मियाँ टाेलमा अवस्ति रहेको श्री वि.पी प्राथमिक विद्यालयका प्र.अ सत्यनारायण मलाकार र अध्यक्ष कासीम मंसुरीले विद्यार्थीहरुकाे स्कुल दरेस र छात्रवृत्तिकाे पैसामा अनियमिता गरेको भन्दै अभिभावकहरुले गुनासो गरेको हाे।
विद्यालयमा प्रअ सत्यनारायण मालाकारले ६५ सालमा स्थपना भएकाे विद्यालयमा प्रअकाे पदमा रहेर अाफुराजिखुसी र अध्यक्षकाेसमेत मिताेमलाेमा विद्यालयमा अनियमितता भएकाे छ । प्रअ मालाकार विद्यालय समयमा लेखाप९ी काम समेत गर्दै अाएकाे स्थानीयले बताए ।
स्थानीय सरकारकाे रुपमा गाउँपालिका स्थपित भएपछि गाउँपालिका अध्यक्ष गफार अन्सारीलाई विद्यालयकाे बारेमा जानकारी गराउदा उनले शिक्षा शाखा निवेदन दिन सुझाव दिएको बताइएकाे छ । शिक्षा शाखा निवेदन दिएपछि अहिले सम्म कुनै कर्वाही भएको छैन । मलाकारले काँग्रेस समर्थ भएको कारण गाउँपालिकाबाट कुनै कर्वाही नभएको बताइउकाे छ ।
शिक्षा श्राेत व्यक्ति थमेर बासताेलाका अनुसार हामीले ६ पटक अनुगम गर्दा समेत कहिले प्रअ लाई नभेटेकाे बताए । यस विषयमा प्रअ मालाकार अाफु नियमित विद्यालयमा हाजिर हुने गरेकाे बताउछन् ।