धरान÷नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले पार्टी एकिकरणको संरचना पालिका स्तरसम्म निर्माण नभएको अवस्थामा काममा अन्यौलता छाएको वताएकाछन् ।
नेकपा एमाले धरान वडा नं ९ ले शुक्रवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गदै उनले सो कुरा वताएका हुन् ।
उनले पार्टी केन्द्र तहमा एकिकरण भएर माथिल्लो तहमा सवै कुराको व्यवस्थापन भएपनि तल्लो तहमा प्रकृयागत एकिकरण भइनसकेकोले कार्यकर्तामा केही सुस्तता छाएको उनको भनाई रहेको थियो ।
उनले पार्टी कार्यकर्तालाई जोश जागरका साथ काम गर्न निर्देशन दिदै भने एकिकरणको सवै कुरा मिलाउन समय लाग्ने भएपनि आफ्नो जिम्मेवारीबाट एक इन्च पछि नपरी काम गर्न निर्देशन दिएका थिए ।
त्यसैगरी धरान नगर कमिटीका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले पार्टीका विरुद्धमा चौतफी नकारात्मक भ्रमहरु फैलाएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
उनले स्थानीय स्तरमा पार्टीमा आउने भ्रमलाई चिर्दै अगाडी वढन कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । स्थानीय सरकारमा समेत पार्टी वहुमतमा भएकोले विपक्षीहरुले असफल वनाउन भ्रामक कुराहरु वजारमा फैलाएकोले त्यसका विरुद्ध कार्यकर्ताहरु जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी प्रदेश सभाषद एवं पार्टीकी प्रदेश कमिटी सल्लाहकार सावित्री श्रेष्ठले यतिवेला नीति निर्माण र विकास निर्माण एकैसाथ भएकोले केही समस्या आएको वताइन ।
९ नं वडा अध्यक्ष रत्न वहादुर कट्वालले स्थानीय तहमा आफूहरुले जनभावना वमोजिम कार्य गरीरहेको वताए ।
वडा कमिटी अध्यक्ष शिवकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा पुन्यप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन रामकुमार दासले गरेका थिए