• अनसार अन्सारी

भुटाहा / सुनसरीको हरिनगर गाउँपालीकामा सम्पन्न टि २० क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले जितेको छ । मंगलवार भएको फाइनल खेलमा भाण्टावारीलाई १ सय २६ रनले हराउँदै बिराटनगरले उपाधी जितेको हो ।  टस जितेर पहिले ब्याटिङ गर्दै एमसिसि बिराटनगरले निर्धारित २० ओभरमा २ सय ७४ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि सिद्धांत लोहनीले ८४ तथा मिनास थापाले ८१ रनको योगदान दिएका थिए । २ सय ७५ रनको उच्च चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भाण्टावारीले निर्धारित २० ओभर खेलेपनि १ सय ४८ रन मात्र बनाउन सक्यो । फाइनल खेलको म्यान अफ द म्याच बिराटनगरका मिनास थापा भए भने प्रतियोगिताको म्यान अफ द सिरिज बिराटनगरकै फिरदोश अन्सारी घोषित भए । उपाधी संगै बिराटनगरले नगद ३० हजार सहित सिल्ड,मेडल तथा प्रमाणपत्र पाए भने उपविजेता भाण्टावारीले १५ हजार हात पारेको आयोजकले जनाएको छ । हरिनगरा सुपर किङसले आयोजना गरेको प्रतियोगितामा ८ वटा टोलिको सहभागिता रहेको थियोे ।सो खेलको प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,विशिस्ट अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिम्झिम कुमारी भगत ,अतिथिहरु हरिनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुद्दिलाल मेहता,वडानम्बर ४ का वडा सदस्य लखन मेहता , आयोजक समितिको हरिनगर सुपर किङ्ग किक्रेट कलब को अध्यक्ष विकास भगत को अध्यक्षतामा सम्पन्न भएको थियो ।

43024070_310889576161035_7712654059701796864_n