• अन्सार अन्सारी
भुटाहा / सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ ,२ का र साबिक को भुटाहा गाविस भरिका नेपाली कांग्रेस पार्टीका सक्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । भुटाहा गाविसका नेपाली कांग्रेसका कार्यकर्ता सुढृड र कार्यकर्ता बिस्तार , भुटाहामा पार्टी कार्यालय स्थापना , महिला सगंठन बिस्तार , नेपाल तरुण दल बिस्तार , विध्यार्थि सगंठ्न बिस्तार ,गाउँ इकाईका साथ साथै वडा समिति गठन ,सगंठन बिस्तार को कार्य गर्ने विषयहरु मा छलफल भएको थियो ।
सो कार्यकर्ता भेलामा साबिकको भुटाहा गाविस र हाल हरिनगर गाउँपालिका वडा नम्बर १,२ मा रहेको नेपाली कांग्रेस का सक्रिय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यकर्ता भेलामा स्वागत मन्तव्यमा हरिनगर गाउँकार्यपालिका सदस्य सुशील ठाकुर व्यक्ति व्यक्ति मिलिमात्र समाज परिवर्तन हुने बताए ।  सो कार्यकर्ता भेलामा नेपाली कांग्रेसका ५०० जना कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो कार्यकर्ता भेलामा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,प्रदेश नम्बर ४ का सदस्य हाजी ताहिर अन्सारी , वडा नम्बर १ अध्यक्ष लतिफ अन्सारी ,वडा नम्बर २ अध्यक्ष युनुस मिया ,हरिनगर उद्योग वाणिज्य संघका अध्यक्ष अनरुद प्र . गुप्ता ,दुवै वडा का वडा सदस्यहरु लगयतको उपस्थिति रहेको थियो ।सो कर्याकर्ता भेलाको अध्यक्षता भुटाहा गाउँ इकाई अध्यक्ष सराजुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको छ ।