अन्सार अन्सार
भुटाहा /  स्वछ घुस्की सफा घुस्की ” भन्ने नाराका साथ सुनसरीको हरिनगर गाउँपालिका वडा ६ र ७ घुस्की बजारमा स्थानीयवसिहरुले सरसफाई गरेका छन् । हरिनगर गाउँपालीका वार्ड नम्बर ७ का वडाअध्यक्ष नसिर खाँ तथा बजार व्यवस्थापन समितिका अध्यक्ष जहाँगिर अन्सारीद्वारा आयोजित सरसफाई कार्यक्रममा सरोकारवालाहरुले शुक्रबार घुस्की बजारमा सरसफाई गरेका हुन ।
वार्ड कार्यालय हुँदै घुस्की बजार क्षेत्रमा कुचोले फोहोर संकलन गरेर स्थानीयहरुले सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रम घुस्की बजार व्यवस्थापन समितिका काेषाअधयक्ष ईशा अन्सारी, घुस्कीको प्रमुख अतिथि तथा ७ नम्बर वार्डका अध्यक्ष नसिर खाँको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले स्वास्थ लागि सरसफाइ अनिवार्य भएकोले आ आफ्नो स्थानबाट स्वच्छ वातावरण बनाउनका लागि योगदान दिन आग्रह गरेका थिए । सरसफाइ कार्यक्रममा स्थानीय बजार व्यवस्थापन समितिका सचिव मनाेज साह, ६ नम्बर वडा सचिव शमिम अन्सारी, वडा सदस्य दाबुद अन्सारी नेकपा का दिलाे मियाँ , पुर्व क्षेत्रपाल एवम् घुस्की अध्यक्ष सदरुल अन्सारी, स्थानीयबासी,जनप्रतिनिधि,सुरक्षाकर्मी संचारकर्मीको सहभागितारहेको थियो ।