• भाेला श्रेष्ठ

धरान  / १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले तिनै तहका सरकारको ध्यान भौतिक तथा सामाजिक विकासमा जानु पर्ने बताएका छन् । संबिधानले गरेको ब्यबस्था अनुसार तिनै तहका सरकारहरु बनि सकेको र आवश्यक कानुनसमेत बन्दै गरेकाले अवको ध्यान भौतिक तथा सामाजिक विकासका क्षेत्रमा पु¥याउनु पर्ने बताएका छन् ।
संविधान दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले विहिबार आयोजना गरेको अन्तक्रिया सभामुख भण्डारीले यस्तो बताएका हुन ।  कार्यक्रममा उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले संविधानले सबै खाले विभेद अन्त्य गरेकाले यसको प्रभावकारी कार्यन्वय आवश्यक रहेका बताईन । कार्यक्रममा संविधानविद टिकाराम भट्टराईले डेडबर्षको अवधिमा ७ सय ५३ वटा तहको निर्वाचन गरेर संविधान कार्यान्वयन भएको नेपालकै पहिलो घटना भएको उनले बताए ।

संबिधानले तोकेको समयमा मौलिक हकका १६ ओटा कानुन समेत बनिसकेकाले अब संबिधान कार्यान्वयको चरण परिपक्व भएको उनको भर्नाइ थियो । धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य उमिता बराईली,साबित्री श्रेष्ठ। नेकपाका नेता रमेश बस्नेतलगायत उपमहानगरपालिकाका सल्लाहकार,वडाध्यक्ष,कार्यपालीका सदस्य तथा कार्यपालिका सदस्य सहित स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । धरान उपमहानगरले विविध कार्यक्रम गरेर ३ दिनसम्म संविधान दिवस मनाएको छ ।